विद्युत आपूर्ति

  • प्राधिकरण : ७८८२ मे.वा. घन्टा
  • निजी क्षेत्र : ७९९७ मे.वा. घन्टा
  • भारत : ६३४८ मे.वा. घन्टा
  • ट्रिपिङ : १५०० मे.वा. घन्टा
  • माग : २३६२७ मे.वा. घन्टा
  • स्रोत : ने.वि.प्रा.
after_navbar

जोशी हाइड्रो पावरले भोलीबाट स्थानीयका लागि सेयर निष्कासन गर्दै

   जेठ ०७, २०७५        2337        ऊर्जा खबर/काठमाडौं

जोशी हाइड्रो पावर डेभलपमेन्ट कम्पनीले मंगलबार (भोली) बाट स्थानीयका लागि सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले इलाममा निर्माणाधीन ३ मेगावाटको पुवाखोला जलविद्युत आयोजनाका प्रभावित स्थानीयका लागि छुट्याइएको १० प्रतिशत सेयर निष्कासन गर्न लागेको हो ।
स्थानीयका लागि छुट्याइएको ३ करोड ७१ लाख ४० हजार रुपैयाँको ३ लाख ७१ हजार ४ सय कित्ता सेयर बिक्री खुल्ला गरिने कम्पनीले जनाएको छ । सेयर खरिदकर्ताले चाँडोमा जेठ २२ र ढिलोमा असार ११ गतेभित्र आवेदन दिइसक्नु पर्नेछ ।

इलाम नगरपालिका, साखेजुङ, पुवामजुवा र माइपोखरी गाउँपालिकाका स्थानीयले न्युनतम ५० देखि अधिकतम १ हजार ८ सय कित्ता सेयर खरिदका लागि आवेदन दिन पाउने छन् ।

सेयर निष्कासन गर्न सिद्धार्थ क्यापिटललाई बिक्री प्रबन्धक तोकिएको छ । स्थानीयको सेयर निष्कासन गरेर बाँडफाँड पूरा भएपछि सर्वसाधारणका लागि छुट्याइएको सेयर निष्कासन गरिने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

loading...
sidebar1
sidebar2
sidebar3
sidebar4
sidebar5
sidebar6
sidebar7