विद्युत आपूर्ति

  • प्राधिकरण : ८६९२ मे.वा. घन्टा
  • निजी क्षेत्र : ८७०४ मे.वा. घन्टा
  • भारत : ५७७७ मे.वा. घन्टा
  • ट्रिपिङ : ५७५ मे.वा. घन्टा
  • माग : २३७४८ मे.वा. घन्टा
  • स्रोत : ने.वि.प्रा.
after_navbar

विपी राजमार्गमा ट्रिपरको ओभरलोड, कारबाही गर्ने निकाय मौन

   जेठ ०८, २०७५        3120        ऊर्जा खबर/काभ्रे

बनेपा–बर्दिबास विपी राजमार्गमा १० टनभन्दा बढी भार भएका सवारी गुडाउन पाइँदैन । तर, यो सडक खण्डमा सरकारले तोकेको नियम पालना भएको छैन । ट्रक तथा ट्रिपर चालकले नियम उल्लंघन गर्दै आएका छन् ।

अनुगमनकर्ता निकाय तथा सरकारको लापरबाहीले ट्रक चालक छाडा देखिएका छन् । २० टनभन्दा बढी क्षमताका सवारी निर्वाध सञ्चालन हुँदा पनि प्रहरी प्रशासन रमिता हेरेर बसेको छ ।

यातायात क्षेत्रको अनुगमन तथा नियमन एवं व्यवस्थापन गर्ने यातायात व्यवस्था विभाग ट्राफिकले कारबाही नगरेको भन्दै पन्छिने गरेको छ । २०७२ सालबाट सरकारले १० टनभन्दा बढी क्षमताका सवारी सञ्चालनमा रोक लगाएको थियो ।

सडक सुरक्षा तथा अनुगमनमा प्रत्यक्ष खटिने ट्राफिक प्रहरीले ध्यान नदिँदा अहिले काभ्रेको धुलिखेलदेखि सिन्धुली नेपालथोक खुर्कोट हुुँदै रामेछापको मन्थलीसम्म २० टनभन्दा बढीका ट्रिपर गुडिरहेका छन् ।

उक्त राजमार्गमा दैनिक ५ सयभन्दा बढी ट्रिपरको आवत–जावत हुन्छ । रोशी खोला र सुनकोसीको किनारमा सञ्चालन गरिएका क्रसरबाट उत्पादित गिटी बालुवा यही राजमार्ग हुँदै धुलिखेलबाट काठमाडौं भित्रिने गरेका छन् । यस्तै, ती ट्रिपरले सिन्धुली तथा रामेछापतिर पनि सामान ओसार्छन् ।

जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) को सयोगमा निर्माण भएको नेपालकै पहिलो नमुना राजमार्ग अहिले जिर्ण बन्दै गएको छ । अधिकाशं सडक पर्खाल (वाल) उठाएर निर्माण गरिएको छ ।

इन्जिनियरिङ अध्ययनले पनि यहाँ १० टनभन्दा बढी क्षमताका सवारी गुडाउन नहुने उल्लेख गरेको छ । खुर्कोटदेखि सिन्धुलीगढी हुँदै सिन्धुली सदरमुकामसम्मको सडक अझ जिर्ण बनेको छ । ट्रिपरकै कारण यस राजमार्गमा पछिल्लो समय दुर्घटना पनि बढेको छ ।

क्षमताभन्दा बढी लोडका ट्रिपरका कारण मर्मत गरेको छोटो समयैमै सडक भत्किने गरेको छ । यही कारण वार्षिक मर्मत खर्च १ करोड रुपैयाभन्दा बढी खर्च हुने गरेको सडक विभागले जानकारी दिएको छ ।

तोकिएको मापदण्ड अनुसार ट्रिपर सञ्चालन भइरहेको जिल्ला ट्राफिक कार्यालय काभ्रेका प्रमुख शेखरजंग मल्लले बताए । ‘ट्रिपरको ३२ इन्चको ढाला हुन्छ, त्योभन्दा बढी बोक्ने सवारीलाई कारबाही गर्छौं,’ उनले ऊर्जा खबरसँग भने, नियम मिच्ने कसैलाई छुट हुँदैन ।’

प्रतिक्रिया दिनुहोस

loading...
sidebar2
sidebar3
sidebar4
sidebar5
sidebar6
sidebar7