विद्युत आपूर्ति

  • प्राधिकरण : ८६९२ मे.वा. घन्टा
  • निजी क्षेत्र : ८७०४ मे.वा. घन्टा
  • भारत : ५७७७ मे.वा. घन्टा
  • ट्रिपिङ : ५७५ मे.वा. घन्टा
  • माग : २३७४८ मे.वा. घन्टा
  • स्रोत : ने.वि.प्रा.
after_navbar

टेलिकमको डाटा सेवा लिने एक करोड नाघे

   जेठ ०८, २०७५        280        ऊर्जा खबर/काठमाडौं

नेपाल टेलिकमको डाटा सेवाको इन्टरनेट प्रयोगकर्ता एक करोड नाघेका छन् । टेलिकमको गत चैतसम्मको तथ्याङ्क अनुसार डाटा सेवाका प्रयोगकर्ता १ करोड १ लाख ५४ हजार पुगेका हुन् ।
आर्थिक वर्ष २०७३/७४ मा डाटाबाट इन्टरनेट चलाउनेको संख्या ८४ लाख २५ हजार ८ सय ९४ रहेकामा ९ चालु आवको ९ महिनामा १७ लाख २८ हजार १ सय ६ प्रयोगकर्ता थपिएका छन् । यो गत वर्षको यहि अवधिको तुलनामा २०.५१ प्रतिशतले बढी हो ।

कुल प्रयोगकर्तामध्ये ९७ लाख ९५ हजार १ सय जनाले जिएसएम डाटा चलाउने गरेको टेलिकमले जनाएको छ ।

यस्तै, १ लाख ३६ हजार ५ सय जनाले सिडिएमए डाटा सेवा लिएका छन् । एडिएसएल सेवाका प्रयोकर्ता १ लाख ९९ हजार ७ सय पुगेका छन् । वाइम्याक्स सेवा लिने पनि १७ हजार नाघेको टेलिकमले जनाएको छ ।

यस्तै, फोरजी डाटा प्रयोगकर्ता ५ लाख ५९ हजार १ सय ७२ जना पुगेका छन् । टेलिकमले इन्टरनेट प्रयोगकर्ताको संख्या बढाउन सस्तो दरमा प्याकेज तथा अफरहरु सञ्चालन गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस

loading...
sidebar2
sidebar3
sidebar4
sidebar5
sidebar6
sidebar7