विद्युत आपूर्ति

  • प्राधिकरण : ७८८२ मे.वा. घन्टा
  • निजी क्षेत्र : ७९९७ मे.वा. घन्टा
  • भारत : ६३४८ मे.वा. घन्टा
  • ट्रिपिङ : १५०० मे.वा. घन्टा
  • माग : २३६२७ मे.वा. घन्टा
  • स्रोत : ने.वि.प्रा.
after_navbar

साउनदेखि सडकमा हरियो स्टिकरवाला गाडीमात्र गुडाउन पाइने

   जेठ १४, २०७५        3603        ऊर्जा खबर/काठमाडौं

जनजीवन तथा वातावरणमा प्रतिकूल असर पर्दै गएको भन्दै सरकारले साउन १ गतेदेखि देशका प्रमुख सहरमा बढी धूवाँ फाल्ने सवारी गुडाउन रोक लगाउने भएको छ ।

यातायात व्यवस्था विभागले आगामी साउन १ गतेबाट सडकमा हरियो स्टिकर भएको सवारीमात्र सञ्चालन गर्ने नीति बनाएको छ । ‘देशका ६ महानगरपालिका, ११ उप–महानगरपालिका र काठमाडौं उपत्यकामा धूवाँ फ्याक्ने सवारी नियन्त्रण गरिनेछ,’ विभागका प्रवक्ता तुलसीराम अर्यालले ऊर्जा खबरसँग भने, ‘हरियो स्टिकरबिना अब सवारी गुडाउन पाइँदैन ।’

विभागले डिजेल र पेट्रोलबाट सञ्चालन हुने सवारीको धूवाँ परीक्षण गर्न ४० वटा  अटोमेटिभ एक्सहन्ट ग्याँस एनालाइजर मेसिन खरिदको प्रक्रिया समेत अद्दि बढाएको छ । मेसिन खरिदपछि सबै महानगरपालिका, उपमहानगरपालिका र काठमाडौं उत्पयकास्थित यातायात कार्यालयमा जडान गरिनेछ ।

विभागले यातायात कार्यालयमार्फत सवारी साधनको धूवाँ परीक्षण गर्न २०/२० वटा डिजेल र पेट्रोलका मेसिन खरिद गर्न लागेको अर्यालले जानकारी दिए । विभागले यसअघि उपत्यकामा २० वर्ष पुराना सवारी सञ्चालनमा रोक लगाउने बताएको थियो । तर, त्यो कार्यान्वयन हुन सकेको छैन ।

प्रतिक्रिया दिनुहोस

loading...
sidebar1
sidebar2
sidebar3
sidebar4
sidebar5
sidebar6
sidebar7