विद्युत आपूर्ति

  • प्राधिकरण : ७८८२ मे.वा. घन्टा
  • निजी क्षेत्र : ७९९७ मे.वा. घन्टा
  • भारत : ६३४८ मे.वा. घन्टा
  • ट्रिपिङ : १५०० मे.वा. घन्टा
  • माग : २३६२७ मे.वा. घन्टा
  • स्रोत : ने.वि.प्रा.
after_navbar

पञ्चकन्या माईले ११ लाख कित्ता साधारण सेयर जारी गर्ने

   जेठ १६, २०७५        4210        ऊर्जा खबर/काठमाडौं

पञ्चकन्या माई हाइड्रो पावर कम्पनीले सर्वसाधारणका लागि सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले इलाममा सञ्चालित १२ मेगावाटको माथिल्लो माई र ६.१ मेगावाटको माथिल्लो माई ‘सी’ जविद्युत आयोजनाको १० प्रतिशत साधारण सेयर निष्कासन गर्न लागेको हो ।
सर्वसाधारणका छुट्याइएको ११ लाख कित्ता सेयर निष्कासनको अनुमतिका लागि नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको कम्पनीका कार्यकारी निर्देशक सन्तोषकुमार प्रधानले बताए । उनका अनुसार बोर्डले स्वीकृति दिएपछि प्रतिकित्ता सय रुपैयाँ अंकित ११ करोड मूल्य बराबरको सेयर जारी हुनेछ ।

सेयर निष्कासन तथा बाँडफाँड गर्न सनराइज क्यापिटललाई बिक्री प्रबन्धक नियुक्त गरिएको छ । कम्पनीले यसअघि आयोजना प्रभावित स्थानीयका लागि ११ करोड रुपैयाँ मुल्यको ११ लाख कित्ता सेयर निष्कासन गरेर बाँडफाँड गरिसकेको छ ।

कम्पनीले निर्माण गरेको ६.१ मेगावाटको माथिल्लो माई ‘सी’ र १२ मेगावाटको माथिल्लो माईले विद्युत उत्पादन गरिरहेका छन् । विद्युत उत्पादन सुरु गरेको एक वर्षबाट नै कम्पनीले नाफा आर्जन गर्न सुरु गरेको थियो ।

प्रतिक्रिया दिनुहोस

loading...
sidebar1
sidebar2
sidebar3
sidebar4
sidebar5
sidebar6
sidebar7