विद्युत आपूर्ति

  • प्राधिकरण : ७८८२ मे.वा. घन्टा
  • निजी क्षेत्र : ७९९७ मे.वा. घन्टा
  • भारत : ६३४८ मे.वा. घन्टा
  • ट्रिपिङ : १५०० मे.वा. घन्टा
  • माग : २३६२७ मे.वा. घन्टा
  • स्रोत : ने.वि.प्रा.
after_navbar

टेलिकमले भूकम्प प्रभावित ६ सय ७५ स्थानमा निशुल्क इन्टरनेट पुर्यायो

   जेठ २१, २०७५        357        ऊर्जा खबर/काठमाडौं

नेपाल टेलिकमले भूकम्पबाट अतिप्रभावित ४ जिल्लाका ६ सय ७५ स्थानमा निःशुल्क इन्टरनेट सेवा सञ्चालनमा ल्याएको छ । सिन्धुपाल्चोकका १८७, काभ्रेपलाञ्चोकका २८९, नुवाकोटका १५९ र रसुवाका ४० स्थानमा सेवा सञ्चालनमा ल्याइएको हो ।

भूकम्प प्रभावित ४ जिल्लाका ७ सय ४७ सेवा केन्द्रमा यो सेवा उपलब्ध गराउने योजना अनुसार हालसम्म ९० प्रतिशतभन्दा बढी काम पूरा भएको टेलिकमले जानकारी दिएको छ । आगामी असारसम्म सबै स्थानमा सेवा उपलब्ध गराउने टेलिकमले प्रवक्त प्रतिभा मानन्धरले बताइन् ।

टेलिकमले हालसम्म २८४ नगरपालिका, गाउँपालिका तथा वडा कार्यालय, १४७ हेल्थपोष्ट तथा पब्लिक हेल्थपोष्ट र २४४ विद्यालयमा विभिन्न प्रविधिमार्फत इन्टरनेट चलाउन सकिने व्यवस्था मिलाएको छ ।

जिल्लागतरूपमा सिन्धुपाल्चोकका ८४ नगरपालिका, गाउँपालिका तथा वडा कार्यालय, ४१ हेल्थपोष्ट तथा पब्लिक हेल्थपोष्ट र ६२ विद्यालय, काभ्रेपलाञ्चोकका १२६ नगरपालिका, गाउँपालिका तथा वडा कार्यालय, ५८ हेल्थपोष्ट तथा पब्लिक हेल्थपोष्ट र १०५ विद्यालयमा सेवा पुर्याइएको छ ।

यसैगरी, नुवाकोटका ५७ नगरपालिका, गाउँपालिका तथा वडा कार्यालय, ३६ हेल्थपोष्ट तथा पब्लिक हेल्थपोष्ट र ६६ विद्यालय तथा रसुवाका १७ नगरपालिका, गाउँपालिका तथा वडा कार्यालय, १२ हेल्थपोष्ट तथा पब्लिक हेल्थपोष्ट र ११ विद्यालयमा सो सेवा सञ्चालन गरिएको छ ।

सेवाग्राहीले उक्त स्थानमा कम्तीमा ५१२ केबीपीएस गतिको अनलिमिटेड इन्टरनेट सेवा २ वर्षसम्म निःशुल्क उपभोग गर्न पाउनेछन् । इन्टरनेट सेवा उपलब्ध गराउन स्थानअनुसार वाइम्याक्स बेस स्टेशन, थ्रिजी डिभाइस र ईभिडिओ उपकरणको व्यवस्था गरेको छ ।

भूकम्प प्रभावित क्षेत्रमा निःशुल्क इन्टरनेट सुविधा उपलब्ध गराउन नेपाल दूरसञ्चार प्राधिकरणसँग गत २०७४ बैशाख २१ मा भएको सम्झौताअनुसार टेलिकमले यी क्षेत्रमा आवश्यक सेवा उपलब्ध गराउन थालेको हो । आयोजना अन्तर्गत टेलिकमले भूकम्पबाट प्रभावित काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, नुवाकोट र रसुवा जिल्लाका विभिन्न स्थानमा दु्रत गतिको इन्टरनेट सेवा उपलब्ध गराउनेछ ।

प्रतिक्रिया दिनुहोस

loading...
sidebar1
sidebar2
sidebar3
sidebar4
sidebar5
sidebar6
sidebar7