advertisement before-navabar

विद्युत आपूर्ति

  • प्राधिकरण : ४०१ मेगावाट
  • निजी क्षेत्र : ३४४ मेगावाट
  • भारत : ४२४ मेगावाट
  • ट्रिपिङ : १५ मेगावाट
  • माग : ११८८ मेगावाट
  • स्रोत : ने.वि.प्रा.
after_navbar

गरिमा बैंकको ‘दम्पति बचत खाता’

   जेठ २४, २०७५        442        ऊर्जा खबर/काठमाडौं

गरिमा विकास बैंकले ‘सर्वोच्च सम्पत्ति सुखी दम्पति’ नाराका साथ ‘गरिमा दम्पति बचत खाता’ सञ्चालनमा ल्याएको छ ।

प्रदेश १ को झापा, मोरङ्ग र सुनसरीका विभिन्न स्थानमा स्थापित ८ शाखाको उदघाटनको पूर्वसन्ध्यामा बैंकले ९ प्रतिशत ब्याजको नयाँ योजना ल्याएको हो ।

जेठ २३ गते बुधबार झापाको मेची पुलबाट बैंकका अध्यक्ष चन्द्रकान्त बरालले खाता सुरु गरेका हुन् । नयाँ खातामा उपलब्ध निशुल्क सेवाबाट बैंकमा खाता खोल्नेहरु लाभान्वित हुने बरालको भनाइ छ ।

बैंकमा उक्त खाता खोल्ने ग्राहकले वार्षिक ९ प्रतिशत ब्याज प्राप्त गर्नुका साथै एटिएम कार्ड, मोबाइल बैंकिङ, सि–आश्वा सुविधा र एबिबिएस सेवा समेत पाइनेछ ।

प्रतिक्रिया दिनुहोस

loading...
sidebar2
sidebar3
sidebar4
sidebar5
sidebar6
sidebar7