advertisement before-navabar

विद्युत आपूर्ति

  • प्राधिकरण : ४०१ मेगावाट
  • निजी क्षेत्र : ३४४ मेगावाट
  • भारत : ४२४ मेगावाट
  • ट्रिपिङ : १५ मेगावाट
  • माग : ११८८ मेगावाट
  • स्रोत : ने.वि.प्रा.
after_navbar

तामाकोसीले असार पहिलो साता सेयर निष्कासन गर्ने, धितोपत्रले स्वीकृत दियो

   जेठ २४, २०७५        5860        ऊर्जा खबर/काठमाडौं

अप्पर तामाकोसी हाइड्रो पावर लिमिटेडले आगामी असार पहिलो साताभित्र स्थानीयका लागि सेयर निष्कासन गर्ने भएको छ । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले स्वीकृत दिएकाले निष्कासन प्रक्रिया सुरु गरिएको हो ।

दोलखामा निर्माण भइरहेको ४ सय ५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत आयोजनामा लगानी गर्न सेयर निष्कासन हुनेछ । स्थानीयका लागि १० प्रतिशत (१ करोड ५ लाख ९० हजार कित्ता) र सर्वसाधारणका लागि १५ प्रतिशत (१ करोड ५८ लाख ८५ हजार कित्ता) सेयर निष्कासन हुनेछ ।

सेबोनले बुधबार स्वीकृति दिएकाले केही दिनभित्र कम्पनी रजिष्ट्रारमा दर्ता गरिने तामाकोसीका कम्पनी सचिव रामसुन्दर श्रेष्ठले बताए । ‘एक साताभित्र कम्पनी रजिष्ट्रारबाट स्वीकृति पाए असार पहिलो साता स्थानीयका लागि निष्कासन गर्न सकिन्छ,’ उनले भने, ‘त्यसको ३–४ दिन फरकमा सर्वसाधारणमा जाने हो ।’

सेयर भर्न स्थानीयले आवेदन खुलेपछि कम्तिमा १५ दिन र बढीमा २० दिन समय पाउनेछ । यसपछि अर्थत् असार अन्तिम साताबाट सर्वसाधारणका लागि आवेदन खुला हुनेछ । सेयर निष्कासनका विषयमा स्थानीयमा देखिएको विवाद पनि समाधान भएको श्रेष्ठले जानकारी दिए ।

कम्पनीले विवाद समाधान गर्ने जिम्मा जिल्ला समन्वय समितिलाई दिएको थियो । समितिले अधिकांश विवाद तथा समस्या समाधान गरेको छ । स्थानीय र सर्वसाधारणबाट क्रमशः १ अर्ब ५ करोड ९० लाख रुपैयाँ र १ अर्ब ५८ करोड ९० लाख रुपैयाँ संकलन गरिनेछ ।

स्थानीयले ३० देखि ३ सय कित्तासम्म सेयर खरिद गर्न आवेदन दिन सक्नेछन् । कूल परेको आवेदनको आधारमा ३ प्रतिशत अतिप्रभावित, १४ प्रतिशत प्रभावित र १ प्रतिशत कम प्रभावितलाई वितरण गरिनेछ । कम्पनीले यसअघि कर्मचारी सञ्चय कोषमा रकम जम्मा गर्ने सञ्चयकर्ता, नेपाल विद्युत प्राधिकरण र ऋण लगानी गर्ने संस्थाका कर्मचारीलाई २४ प्रतिशत सेयर निष्कासन गरेको थियो ।

प्रतिक्रिया दिनुहोस

loading...
sidebar2
sidebar3
sidebar4
sidebar5
sidebar6
sidebar7