advertisement before-navabar

विद्युत आपूर्ति

  • प्राधिकरण : ४०१ मेगावाट
  • निजी क्षेत्र : ३४४ मेगावाट
  • भारत : ४२४ मेगावाट
  • ट्रिपिङ : १५ मेगावाट
  • माग : ११८८ मेगावाट
  • स्रोत : ने.वि.प्रा.
after_navbar

माथिल्लो तामाकोसी अब ४ प्रतिशतमात्र बाँकी

   जेठ २७, २०७५        6546        ऊर्जा खबर/काठमाडौं

४ सय ५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको ९६ प्रतिशत निर्माण पूरा भएको छ । दोलखाको लामाबगरमा निर्माण भइरहेको आयोजना अन्तिम चरणमा पुगेको हो ।

अब आयोजनाको ४ प्रतिशत काममात्र बाँकी रहेको अप्पर तामाकोसी हाइड्रो पावर कम्पनीका प्रमुख कार्यकारी अधिकृत विज्ञान श्रेष्ठले बताए । उनका अनुसार लट-२ (हाइड्रोमेकानिकल वक्र्स) बाहेकका सबै कामको प्रगति तालिका अनुसार अघि बढेको छ ।

आयोजनाको बाँधमा रहने ४ गेटमध्ये २ वटा पूरा भएका छन् । २ वटा गेटको बाँकी काम साउनभित्र सम्पन्न गर्ने तालिका रहेको कम्पनीले जनाएको छ । खनेर सकिएको मुख्य सुरुङको ढलान भइरहेको छ ।

ठेकेदारले आगामी कात्तिकभित्र ढलान पूरा गरेर हस्तान्तरण गर्ने तालिका छ । आयोजनाको भेन्टिलेसन सुरुङको निर्माण भइरहेको छ ।
सबैभन्दा बढी प्रगति आयोजनाको विद्युतगृहमा भएको छ । ६ वटा युनिट राखेर विद्युत उत्पादन हुने आयोजनाका सबै युनिटको महत्वपूर्ण उपकरण जडान सकिएको छ ।

सिन्धुपाल्चोकको खाँडीचौरदेखि चरिकोटसम्मको खराब सडकका कारण हाइड्रोमेकानिकल उपकरण ढुवानीमा समस्या हुँदा काम प्रभावित भएको छ । सुनकोसीमा राखिएका उपकरण पालो पालो गरेर आयोजना स्थल पुर्याउन सुरु गरिएको छ ।

२०७५ पुसबाट विद्युत उत्पादन गर्ने लक्ष्य राखिएको आयोजना पूरा गर्न ४९ अर्ब रुपैयाँ खर्च हुने अनुमान छ । आयोजना पूरा भएपछि उत्पादन हुने विद्युत नयाँ खिम्ती सबस्टेसनमा लगेर जोडिनेछ । सबस्टेसनसम्म आवश्यक ४७ किलोमिटर प्रसारण लाइन कम्पनी आफैंले निर्माण गरिरहेको छ ।

प्रसारण लाइनको १ सय २७ टावरमध्ये १ सय २३ वटाको फाउण्डेसन खनिएको छ । १ सय ६ वटा टावर ठडिएका छन् ।
करिब २० किलोमिटर दुरीमा तार तान्ने काम पूरा भएको कम्पनीले जनाएको छ । राष्ट्रिय गौरवको यो आयोजना पूरा भएपछि भारतमाथिको विद्युतको परनिर्भरता घट्ने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस

loading...
sidebar2
sidebar3
sidebar4
sidebar5
sidebar6
sidebar7