विद्युत आपूर्ति

  • प्राधिकरण : ७८८२ मे.वा. घन्टा
  • निजी क्षेत्र : ७९९७ मे.वा. घन्टा
  • भारत : ६३४८ मे.वा. घन्टा
  • ट्रिपिङ : १५०० मे.वा. घन्टा
  • माग : २३६२७ मे.वा. घन्टा
  • स्रोत : ने.वि.प्रा.
after_navbar

नेपाल टेलिकमको मोबाइल एप परिमार्जन

   जेठ २७, २०७५        833        ऊर्जा खबर/काठमाडौं

नेपाल टेलिकमले आफ्नो मोबाइल एप परिमार्जन गरी नयाँ रूपमा सार्वजनिक गरेको छ । नयाँ एपमार्फत टेलिकमका जिएसएम, सिडिएमए, पिएसटिएन र एडिएसएल लगायत सेवाको जानकारी पाउन सकिन्छ ।

एपमा लग इन गर्नासाथ मोबाइलमा भएको ब्यालेन्स रकम तथा टेलिकमको प्याकेज खरिद गरेको भए सोबारे जानकारी प्राप्त हुन्छ । पछिल्लो समय विभिन्न प्रकारका प्याकेज खरिद गरी सेवा उपभोग गर्ने प्रचलन बढ्दै गएकाले विशेष गरी त्यस्ता प्याकेज खरिद गर्न एपबाट सहज हुने टेलिकमको दाबी छ ।

यसैगरी, एफएनएफ सेवाबाट आफूले चाहेका ५ नम्बरमा सस्तो दरमा कल गर्ने सेवा पनि सुचारु गर्न सकिने जनाइएको छ । विभिन्न सेवाको आवश्यक रकम रिचार्ज गर्न र जीएसएम प्रिपेडबाट ब्यालेन्स ट्रान्सफर गर्नसमेत यसबाट सहज हुनेछ ।

पिन कोड राखेर वा रिचार्ज कार्ड स्क्यान ९स्क्यान एन्ड्रोइडमा मात्र हुने) गरेर पनि रिचार्ज गर्न सकिन्छ । एपमार्फत आफ्नो मोबाइलबाट टेलिकमको कुनै अर्को मोबाइलमा विभिन्न प्याकेज गिफ्ट दिन सकिन्छ ।

रिचार्ज कार्डबाट कम्पनीका विभिन्न सेवाको बिल भुक्तानी पनि यही एपमार्फत गर्न सकिन्छ । कम्पनीको फेसबुक लगायतका सोसियल मिडियासमेत यहीँबाट प्रयोग गर्न सकिन्छ ।

टेलिकमका अनुसार एपबाट १००, १०१, १०२ जस्ता इमर्जेन्सी नम्बर डायल गरी आवश्यक सेवा लिनुका साथै १९७, १४९८ नम्बरमा डायल गरी कम्पनीका विभिन्न सेवाबारे जानकारी लिन सकिन्छ । उक्त एपमा कम्पनीले उपलब्ध गराउदै आएका सम्पूर्ण सेवाको महसुल दरबारे जानकारी हुनेछ । गुगल प्ले स्टोर तथा एप्पल स्टोरबाट एप डाउनलोड गरी टेलिकमको मोबाइल नम्बरमार्फत रजिष्टर गरेपछि एप चलाउन सकिन्छ ।

प्रतिक्रिया दिनुहोस

loading...
sidebar1
sidebar2
sidebar3
sidebar4
sidebar5
sidebar6
sidebar7