विद्युत आपूर्ति

  • प्राधिकरण : ८६९२ मे.वा. घन्टा
  • निजी क्षेत्र : ८७०४ मे.वा. घन्टा
  • भारत : ५७७७ मे.वा. घन्टा
  • ट्रिपिङ : ५७५ मे.वा. घन्टा
  • माग : २३७४८ मे.वा. घन्टा
  • स्रोत : ने.वि.प्रा.
after_navbar

भेरीको किनार कुदुमा सबस्टेसन सञ्चालन, अब जाजरकोट झिलिमिली

   जेठ २८, २०७५        3437        ऊर्जा खबर/काठमाडौं

मध्यपश्चिमको पहाडी जिल्ला जाजरकोटमा अब विद्युत आपूर्ति नियमित हुने भएको छ । जिल्लाको कुदुस्थित भेरी नदी किनारमा सबस्टेसन निर्माण पूरा भएकाले विद्युत नियमित हुने अपेक्षा गरिएको हो ।

नेपाल विद्युत प्राधिकरण क्षेत्रीय कार्यालयका प्रमुख मनोज सिंह तथा अन्य उच्च अधिकारीले आइतबार सबस्टेसन जार्च गरेका छन् । बाँकेको कोहलपुरबाट करिब १ सय ३० किलोमिटर टाढा कुदुमा सबस्टेसन निर्माण गरी चार्ज गरिएको जाजरकोट वितरण केन्द्र प्रमुख लोकबहादुर खड्काले बताए ।

जिल्लामा विद्युतीकरण भएका क्षेत्रमा अब नियमित विद्युत आपूर्ति हुनेछ, र नयाँ ठाउँमा विद्युतीकरण पनि हुनेछ,’ उनले सोमबार ऊर्जा खबरसँग भने, ‘सबस्टेसनले जिल्लाको शिवालय गाउँपालिका बाहेक सबै क्षेत्रलाई समेट्छ ।’ यहाँबाट डोल्पाका केही ठाउँ र रुकुमको चौरजहारीमा समेत विद्युतीकरण हुने उनले बताए ।

आरके इन्टरनेशनलले निर्माण गरेको सबस्टेसन काम सुरु भएको करिब २ वर्षमा पूरा भएको हो । तत्कालीन गृह मन्त्री शक्तिबहादुर बस्नेतले २०७२ फागुन १ गते सबस्टेसन शिलन्यास गरेका थिए । ३३ केभी केन्द्रीय प्रसारण लाइन सुर्खेतको सल्लीबजारबाट करिब ४० किलोमिटर टाढा भेरी नदीको किनारसम्म तानिएको छ ।

करिब ५ करोड ९२ लाख रुपैयाँमा ३३ केभी ३ एमभिए सबस्टेसनको निर्माण गरिएको छ । सबस्टेसनले जिल्लाको विद्युतीकरणमा ठूलो योगदान पुर्याउने आरके इन्टरनेशनलका महाप्रबन्धक सागर लुइँटेलले बताए । ‘नियमित विद्युत आपूर्ति हुनुका साथै ३ वटा ११ केभी फिडरबाट जिल्लाको विद्युतीकरणमा सहयोग पुग्नेछ,’ उनले भने, ‘ भोल्टेज पनि सुधार हुनेछ ।

प्राधिकरणले ५ महिनाअघिसम्म जिल्लामा वितरण केन्द्रको कार्यालय खोलेको थिएन । केन्द्र स्थापना गरी विद्युतीकरणलाई उच्च प्राथमिकतामा राखिएको खड्काले बताए ।

२०६८ को जनगणना अनुसार जिल्लाको जनसंख्या करिब ३३ हजार अनुमान गरिएको छ । कूल जनसंख्यामध्ये जम्मा ५ प्रतिशतमा मात्र विद्युतीकरण पुगेको केन्द्रप्रमुख खड्काले जानकारी दिए ।

उनका अनुसार केन्द्रको कार्यालय स्थापनापछि थप हजार उपभोक्तामा विद्युतीकरण भएको छ । चालू आर्थिक वर्षको अन्त्यसम्म थप हजार जनसंख्यामा विद्युत पुर्याइनेछ । आगामी आर्थिक वर्षका लागि बजेट प्रस्ताव गरेकाले कति रकम विनियोजन हुन्छ त्यही आधारमा काम हुने खड्काको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस

loading...
sidebar2
sidebar3
sidebar4
sidebar5
sidebar6
sidebar7