विद्युत आपूर्ति

  • प्राधिकरण : ८६९२ मे.वा. घन्टा
  • निजी क्षेत्र : ८७०४ मे.वा. घन्टा
  • भारत : ५७७७ मे.वा. घन्टा
  • ट्रिपिङ : ५७५ मे.वा. घन्टा
  • माग : २३७४८ मे.वा. घन्टा
  • स्रोत : ने.वि.प्रा.
after_navbar

सानिमाले १४.३ मेगावाटको माथिल्लो मैलुङ निर्माण गर्दै

   जेठ २८, २०७५        1076   

सानिमा हाइड्रो समूहले रसुवामा निर्माण गर्ने १४.३ मेगावाटको माथिल्लो मैलुङ जलविद्युत आयोजनाकाे काम सुरु हुँदैछ । निर्माणपूर्वका सबै तयारी पूरा गरेकाे कम्पनीले जानकारी दिएकाे छ ।

आयोजना सुरु गर्न स्थानीयस्तरमा पूर्वाधार विकासको काम भइरहेको माथिल्लो मैलुङखोला जलविद्युत कम्पनीका सञ्चालक सुवर्णदास श्रेष्ठले बताए । उनका अनुसार आयोजनाको ठेकेदार छनोट प्रक्रिया अन्तिम चरणमा छ ।

‘आयोजना निर्माणमा जान तयार छ,’ उनले सोमबार ऊर्जा खबरसँग भने, ‘ठेकेदार छनोट प्रक्रिया पूरा हुनासाथ संरचना बनाउन सुरु गर्छौं ।’

२०७८ भित्र विद्युत उत्पादन गर्ने लक्ष्य राखिएको आयोजना पूरा गर्न २ अर्ब ५० करोड रुपैयाँ खर्च हुने अनुमान छ । ७५ प्रतिशत ऋण लगानी रहने आयोजनामा सिद्धार्थ बैंकको अगुवाईमा नेपाल एसबिआई बैंकले १ अर्ब ८७ करोड ५० लाख रुपैयाँ लगानी गर्ने सम्झौता भएको छ । २५ प्रतिशत स्वपुँजी लगानी हुनेछ ।

आयोजनामा सानिमा समूहको सहायक सानिमा माई हाइड्रो पावर कम्पनीले १५ करोड रुपैयाँ लगानी गर्ने तय भएको छ । सानिमा माई र माई क्यासकेडका लगानीकर्तालाई दिर्घकालिन प्रतिफल दिन मैलुङमा लगानी गर्न लागिएको कम्पनीले जनाएको छ ।

आयोजना पूरा भएपछि वार्षिक ७ करोड ९६ लाख ७० हजार ४ सय ८३ किलो घन्टा विद्युत उत्पादन हुनेछ । उत्पादन हुने विद्युत त्रिशूली थ्रि बी सबस्टेसनमा लगेर जोडिनेछ ।

सानिमा समूहले माथिल्लो मैलुङसँगै ७३ मेगावाटको मध्यतमोर र २८.१ मेगावाटको तल्लो लिखु आयोजनाको निर्माण प्रक्रिया पनि एकसाथ अघि बढाएको छ ।

प्रतिक्रिया दिनुहोस

loading...
sidebar2
sidebar3
sidebar4
sidebar5
sidebar6
sidebar7