advertisement before-navabar

विद्युत आपूर्ति

  • प्राधिकरण : ४०१ मेगावाट
  • निजी क्षेत्र : ३४४ मेगावाट
  • भारत : ४२४ मेगावाट
  • ट्रिपिङ : १५ मेगावाट
  • माग : ११८८ मेगावाट
  • स्रोत : ने.वि.प्रा.
after_navbar

रसुवागढी र सान्जेनको सेयर किन्ने पालो अब सर्वसाधारणको, साउनदेखि प्रक्रिया सुरु

   जेठ २९, २०७५        8539        ऊर्जा खबर/काठमाडाैं

रसुवागढी हाइड्रो पावर र सान्जेन जलविद्युत कम्पनीले साधारण सेयर निष्कासन गर्न अबकाे एक महिना अर्थात् साउनदेखि प्रक्रिया सुरू गर्ने भएका छन् । रसुवामा निर्माणाधीन ३ जलविद्युत आयोजनाको सेयर निष्कासन गर्ने प्रक्रिया अघि बढाउन लागिएको हो ।

स्थानीयको १० र सर्वसाधारणको १५ प्रतिशत सेयर निष्कासन गर्न स्वीकृतिका लागि आगामी साउनमा नेपाल धितोपत्र बोर्डमा आवेदन पेश गरिने रसुवागढी हइड्रो पावर कम्पनीका प्रमुख कार्यकारी अधिकृत माधव कोइरालाले बताए । उनका अनुसार साउनभित्र बोर्ड आवेदन दिने गरी आवश्यक कागजात तयार गर्न सुरु गरिएको छ ।

रसुवागढीले आयोजना प्रभावित स्थानीयका लागि छुट्याइएको १० प्रतिशत (६८ ला ४२ हजार कित्ता) सेयर निष्कासन गर्नेछ । स्थानीको सेयर निष्कासन गरेर बाँडफाँड गरेपछि सर्वसाधारणका लागि छुट्याइएको १५ प्रतिशत ( १ करोड २ लाख ६३ हजार कित्ता) सेयर निष्कासन गरिने छ ।

सबै प्रक्रिया पूरा भएपछि आगामी कात्तिकभित्र साधारण सेयर बिक्री खुल्ला हुने कम्पनीले जनाएको छ । कम्पनीले रसुवामा १ सय ११ मेगावाटको रसुवागढीमा आयोजना निर्माण गरिरहेको छ । आयोजनाको ६० प्रतिशत निर्माण पूरा भएको छ ।

यस्तै, सान्जेन जलविद्युत कम्पनीले पनि स्थानीयलाई १० प्रतिशत र सर्वसाधारणलाई १५ प्रतिशत सेयर निष्कासन गरेर बाँडफाँड गर्ने भएको छ ।

सेयर निष्कासन प्रक्रिया अघि बढाउन कागजात तयार गर्ने काम भइरहेको कम्पनीका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले बताए । उनका अनुसार रसुवागढी र सान्जेनको साधारण सेयर एउटै समयमा निष्कासन हुनेछ । सान्जेनले रसुवामा ५७.३ मेगावाटका २ आयोजना निर्माण गरिरहेको छ ।

दुबै कम्पनीले यसअघि कर्मचारी सञ्चय कोषका सञ्चयकर्ता तथा कर्मचारी, नेपाल विद्युत प्राधिकरण, चिलिमे जलविद्युत कम्पनी र स्थानीय तहका कर्मचारीका लागि छुट्याइएको २४ प्रतिशत सेयर निष्कासन गरेर बाँडफाँड गरिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस

loading...
sidebar2
sidebar3
sidebar4
sidebar5
sidebar6
sidebar7