advertisement before-navabar

विद्युत आपूर्ति

  • प्राधिकरण : ४०१ मेगावाट
  • निजी क्षेत्र : ३४४ मेगावाट
  • भारत : ४२४ मेगावाट
  • ट्रिपिङ : १५ मेगावाट
  • माग : ११८८ मेगावाट
  • स्रोत : ने.वि.प्रा.
after_navbar

माथिल्लो दोर्दी ‘ए’ ७५ प्रतिशत पूरा, १६ महिनामा विद्युत उत्पादन हुने

   जेठ ३०, २०७५        2885        ऊर्जा खबर/काठमाडौं

२५ मेगावाटको माथिल्लो दोर्दी ‘ए’ जलविद्युत आयोजनाको ७५ प्रतिशत निर्माण पूरा भएको छ । लमजुङको दोर्दी खोलामा निर्माणाधीन आयोजना अबको १६ महिनामा पूरा हुने गरी अघि बढेको हो ।

आयोजनाको बाँध, पाइप लाइन, सुरुङ र विद्युतको काम समानरुपले भइरहेको लिवर्टी इनर्जी कम्पनीका सञ्चालक राजेन्द्र वस्तीले बताए । उनका अनुसार आयोजनाको बाँध क्षेत्रमा ६० प्रतिशत काम सकिएको छ ।

२ हजार ८ सय मिटर लामो पाइप लाइनको ९० प्रतिशत बिछ्याउने काम सकिएको पनि उनले बताए । २ हजार ७ सय मिटर लामो सुरुङ संरचना रहेकामा
२ हजार ४ सय मिटर खनिएको छ । आयोजनामा सुरुङ र पाइप दुबै रहने गरी डिजाइन गरिएको छ ।

यस्तै, विद्युतगृहमा पनि ५० प्रतिशत निर्माण पूरा भएको छ । कुल ४ अर्ब रुपैयाँ लागत अनुमान गरिएको आयोजनामा बैंकको ७० प्रतिशत ऋण र ३० प्रतिशत स्वपुँजी लगानी छ ।

२०७६ कात्तिकबाट आयोजनाले व्यवसायीक उत्पादन सुरु गर्ने कम्पनीले जनाएको छ । १६ महिनामा उत्पादन सुरु गर्ने तालिका भए पनि एक वर्षभित्र काम सम्पन्न गर्ने लक्ष्यसहित निर्माणलाई तीव्रता दिएको कम्पनीको दाबी छ ।

उत्पादन हुने विद्युत विद्युतगृह नजिकै नेपाल विद्युत प्राधिकरणले निर्माण गर्ने १३२ केभी किर्तिपुर सबस्टेसनमा लगेर जोडिनेछ ।

दोर्दी कोरिडोरमा माथिल्लो दोर्दी ‘ए’ सहित २ सय मेगावाट बढीका आयोजना निर्माणाधीन छन् ।

प्रतिक्रिया दिनुहोस

loading...
sidebar2
sidebar3
sidebar4
sidebar5
sidebar6
sidebar7