विद्युत आपूर्ति

  • प्राधिकरण : ७८८२ मे.वा. घन्टा
  • निजी क्षेत्र : ७९९७ मे.वा. घन्टा
  • भारत : ६३४८ मे.वा. घन्टा
  • ट्रिपिङ : १५०० मे.वा. घन्टा
  • माग : २३६२७ मे.वा. घन्टा
  • स्रोत : ने.वि.प्रा.
after_navbar

अब सबै उद्योगले क्यापासिटर बैंक अनिवार्य राख्नुपर्ने

   जेठ ३१, २०७५        5377        ऊर्जा खबर/काठमाडौं

तराईका जिल्लामा सञ्चालित उद्योगले क्यापासिटर बैंक अनिवार्य राख्नु पर्ने भएको छ । औद्योगिक क्षेत्रमा देखिएको भोल्टेज समस्या समाधान गरी माग र आपूर्तिको सन्तुलन मिलाउन सबै उद्योगमा क्यापासिटर बैंक राख्न अनिवार्य गरिएको हो ।

अधिकांश उद्योगमा क्यापासिटर बैंक नराखेको पाइएकाले निश्चित समय सीमा दिएर अनिवार्य राख्न भनिएको नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए ।
‘प्राधिकरणले नियमित विद्युत दिए पनि क्यापासिटर बैंक नराख्ने उद्योगमा समस्या छ,’ उनले भने,‘भोल्टेज व्यवस्थापन हुन नसक्दा लाइन ट्रिप भई उपकरण नचल्ने अवस्था आएको छ । अब सबै उद्योगले क्यापासिटर बैंक अनिवार्य राख्नु पर्छ ।’

उद्योगले क्यापासिटर बैंक राख्न अटेर गरेमा वितरण नियमावली २०६९ अनुसार लाइन काट्नेसम्मको कारबाही हुने प्राधिकरणले जनाएको छ ।

उनका अनुसार तराईका १ सय ४० उद्योगको स्थलगत निरीक्षणका क्रममा ४३ वटाले मात्र क्यापासिटर बैंक राखेका थिए । देशभरका सबै वितरण केन्द्रलाई क्यापासिटर बैंक नराख्ने उद्योगको विवरण संकलन गरेर केन्द्रमा पठाउन परिपत्र गरिएको पनि घिसिङले बताए ।

प्राधिकरणको वितरण नियमावली २०६९ अनुसार ५ हर्स पावरभन्दा बढी क्षमताका विद्युतीय उपकरण सञ्चालन गर्ने ग्राहकले क्यापासिटर बैंक अनिवार्य राख्नु पर्छ । तर, अधिकांस उद्योगमा नियमावली बमोजिम क्यापासिटर बैंक नराख्दा भोल्टेज तथा ट्रिपिङ समस्या आइरहेको प्राधिकरणले जनाएको छ । लो भोल्टेज तथा ट्रिपिङ समस्याले प्राविधिक चुहावटको परिमाण पनि बढाएको छ ।

नीजि जलविद्युत प्रवर्द्धक पनि आफ्नो विद्युतगृहबाट ‘रियाक्टिभ पावर’ आपूर्ति नगर्दा भोल्टेज समस्या सुधारमा कठिनाई भएको प्राधिकरणले जनाएको छ ।

गर्मी मौसममा तराईमा पङ्खा, एसी, कुलर चलाउन विद्युतको माग बढ्ने हुँदा आपूर्ति व्यवस्थापनमा समस्या हुने गरेको छ ।

प्रतिक्रिया दिनुहोस

loading...
sidebar1
sidebar2
sidebar3
sidebar4
sidebar5
sidebar6
sidebar7