विद्युत आपूर्ति

  • प्राधिकरण : ७८८२ मे.वा. घन्टा
  • निजी क्षेत्र : ७९९७ मे.वा. घन्टा
  • भारत : ६३४८ मे.वा. घन्टा
  • ट्रिपिङ : १५०० मे.वा. घन्टा
  • माग : २३६२७ मे.वा. घन्टा
  • स्रोत : ने.वि.प्रा.
after_navbar

भूकम्पपीडित ४ लाखले दोस्रो किस्ता रकम लिए, पुनर्निर्माणले गति लिँदै

   जेठ ३१, २०७५        1305        काठमाडौं/ऊर्जा खबर

घर निर्माण सुरु गरेर दोस्रो किस्ता रकम लिने भूकम्पप्रभावित लाभग्राहीको संख्या ४ लाख नाघेको छ । बिहीबार अपरान्हसम्म अनुदान सम्झौता गरेका मध्ये ४ लाख रुपैयाँभन्दा बढीले दोस्रो किस्ता लिएका छन् ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका अनुसार ७ लाख १८ हजार ९ सय ३ लाभग्राहीमध्ये ४ लाख २ हजार ६ सय १३ ले दोस्रो किस्ता लिएका छन् । यो सम्झौता सम्पन्न लाभग्राही संख्याको ५६ प्रतिशत हो ।

दोस्रो किस्ता पाउन प्रमाणीकरण हुने लाभग्राहीको संख्या ४ लाख ३५ हजार ४ सय पुगिसकेको छ । पहिलो किस्ता ७ लाख १० हजार ४३ लाभग्राहीले लिएका छन् । दोस्रो किस्ताको समय असारसम्म रहेकाले लाभग्राहीको संख्या बढीरहेको छ ।

प्राविधिक जनशक्तिको स्थानीय तहमा उपलव्धताका कारण घर निर्माण सुरु गरी दोस्रो किस्ता लिने लाभग्राही बढेको प्राधिकरणका सहप्रवक्ता मनोहर घिमिरेले बताए । दोस्रो र तेस्रो किस्ता लिएर घर पुनर्निर्माण गर्ने लाभग्राहीसँगै पुनर्निर्माणको गति पनि बढेको छ ।

पुनर्निर्माण सुरु भएका ४ लाख ८१ हजार ४ घरमध्ये १ लाख ६२ हजार १ सय ८९ सम्पन्न भएका छन् । जिल्लागत रूपमा हालसम्म सबैभन्दा धेरै सिन्धुपाल्चोकमा ६८ हजार ३ सय ११ लाभग्राहीले दोस्रो किस्ता पाएका छन् ।

यसैगरी, तेस्रो किस्ता लिनेको संख्यामा पनि वृद्धि भइरहेको बताइएको छ । तेस्रो किस्ता लिन प्रमाणिकरण भएकाको संख्या १ लाख ७४ हजार २ सय ८ पुगेको छ । तीमध्ये १ लाख ३७ हजार ७ सय ३१ ले तेस्रो किस्ता लिएका छन् । भूकम्प प्रभावितले दोस्रो किस्ताबापत १ लाख ५० हजार पाउँछन् भने तेस्रो किस्ताबापत १ लाख रुपैयाँ पाउँछन् ।

प्राधिकरणले पछिल्लो समय गुनासो सुनवाई तीव्रता दिँदै योग्य गुनासोकर्तालाई लाभग्राहीमा थप गरिरहेको छ । प्राधिकरणले यही जेठ महिनाभित्र गुनासो सम्बोधन गरी ७ हजार ४ सय २२ लाभग्राही थपेको छ ।

लाभग्राही सूची

लाभग्राही सूचीमा परेका : ७,७५,१२७
प्रमाणीकरण सूचीमा परेका : २९,४९३
अनुदान सम्झौता सम्पन्न : ७,१८,९०३
पहिलो किस्ता लिएका : ७,१०,०४३
दोस्रो किस्ता प्रमाणीकरण भएका : ४,३५,३४०
तेस्रो किस्ता प्रमाणीकरण भएका : १,७४,२०८
पुनर्निर्माण भइरहेका घर : ४,८१,००४
पुनर्निर्माण सम्पन्न घर : १,६२,१८९

प्रतिक्रिया दिनुहोस

loading...
sidebar1
sidebar2
sidebar3
sidebar4
sidebar5
sidebar6
sidebar7