advertisement before-navabar

विद्युत आपूर्ति

  • प्राधिकरण : ४०१ मेगावाट
  • निजी क्षेत्र : ३४४ मेगावाट
  • भारत : ४२४ मेगावाट
  • ट्रिपिङ : १५ मेगावाट
  • माग : ११८८ मेगावाट
  • स्रोत : ने.वि.प्रा.
after_navbar

जलविद्युतमा बैंकको लगानी १५ प्रतिशत पुर्याउनुपर्ने निजी क्षेत्रको माग

   जेठ ३१, २०७५        1918        ऊर्जा खबर/काठमाडौ

जलविद्युतमा बैंकहरुको लगानी दायर १५ प्रतिशत पुर्याउन निजी क्षेत्रले माग गरेको छ ।  स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इपान) ले नेपाल राष्ट्र बैंकले सार्वजनिक गर्ने आर्थिक वर्ष २०७५/७६ को मौद्रिक नीतिमा बैंकको लगानी दायरा बढाउन माग गरेको  हो । अहिले बैंकले ऊर्जामा ५ प्रतिशत लगानी गरे पुग्छ ।

‘१० वर्षमा १५ हजार मेगावाट विद्युत उत्पादन गर्ने सरकारको लक्ष्य छ,’ इपान अध्यक्ष शैलेन्द्र गुरागाईंले भने,‘ ५ प्रतिशत लगानी दायराले बैंक लगानी गर्न आउँदैनन् । अब दायरा बढाएर १५ प्रतिशत पुर्याउने बाध्यकारी नीति ल्याउनु पर्छ ।’

बैंकको व्याजदर बढेको अवस्थामा आयोजना निर्माण अवधिभर ९ प्रतिशतभन्दा माथि पुर्याउन नहुनेमा उनले जोड दिए । परिवर्तन भइरहने बैंकको व्याजदरले प्रवर्द्धकलाई साँवा व्याज भुक्तानीमा समस्या आउने हुँदा विद्युत उत्पादन सुरु भएको ३ महिनासम्म  सम्झौतामा तोकेको भन्दा बढी व्याज लिन नपाउने व्यवस्था हुनुपर्ने उनको तर्क छ ।

रुग्ण अवस्थामा पुगेका आयोजनालाई राष्ट्र बैंकले वाणिज्य बैंक मार्फत ६ महिनाका लागि दिँदै आएको पुनर्कर्जाको अवधि बढाउनु पर्नेमा इपानले जोड दिएको छ ।१० वर्षमा १५ हजार मेगावाट विद्युत उतपादनको सीमा पुर्याउन आवश्यक विदेशी लगानी भित्र्याउने प्रक्रिया सहज बनाउनु पर्ने माग पनि इपानले राखेको छ ।

इपानले बिहीबार पत्रकार सम्मेलन गरेर निजी क्षेत्रको सम्बोधन हुने गरीका विविध विषय मौद्रिक नीतिमा समावेश गर्नुपर्नेमा जोड दिएको छ ।

प्रतिक्रिया दिनुहोस

loading...
sidebar2
sidebar3
sidebar4
sidebar5
sidebar6
sidebar7