विद्युत आपूर्ति

  • प्राधिकरण : ३८७ मेगावाट
  • निजी क्षेत्र : ३७८ मेगावाट
  • भारत : ३७४ मेगावाट
  • ट्रिपिङ : २० मेगावाट
  • माग : ११६८ मेगावाट
  • स्रोत : ने.वि.प्रा.
after_navbar

विद्युत प्राधिकरणले आरओआर आयोजनाको पिपिए नगर्ने

   असार ०१, २०७५        5038        धना ढकाल/काठमाडाैं

नेपाल विद्युत प्राधिकरणले अबदेखि आरओआर (नदी प्रवाही) जलविद्युत आयोजनाको विद्युत खरिद सम्झौता (पिपिए) नगर्ने भएको छ । पिआरओआर (अर्धजलाशय) आयोजनालाई प्राथमिकता दिने भन्दै आरओआरकाे रोक्न लागेको हो ।

जलविद्युत उत्पादकलार्इ पिअारअाेअार निर्माणमा ध्यान केन्द्रीत गर्ने उद्देश्यले अारअाेअार अायाेजनाकाे पिपिएमा प्राधिकरणले कडार्इ गर्न लागेकाे छ । १० वर्षमा आन्तरिक उत्पादन १५ हजार मेगावाट पुर्याउने लक्ष्य हासिल गर्न पिआरओआरलाई बढी प्राथमिकता दिने प्राधिकरणका प्रवक्ता प्रबल अधिकारीले बताए । उनका अनुसार प्राधिकरणले ‘टेक अर पे (लिउ या तिर)’ प्रावधानको पिपिए खुलाउँदा पिकिङ आयोजना नै पहिलाे प्राथमिकतामा पर्नेछन् ।

‘देशलाई ऊर्जामा आत्मनिर्भर बनाउन पिआरओआर आयोजना अहिलेको आवश्यकता हो,’ उनले शुक्रबार ऊर्जा खबरसँग भने, ‘निजी प्रवर्द्धनकले पनि अब पिआरओआर आयोजना बनाउन जोड दिनुपर्छ ।’ प्राविधिकरूपमा पिआरओआर बनाउन सम्भव नदेखिएमा त्यस्ता आरओआर आयोजनाको मात्र पिपिए गरिने पनि अधिकारीले बताए ।

सुख्खा याममा बिहान र साँझको समयमा पूर्ण क्षमतामा सञ्चालन हुने हुँदा विद्युतको माग र आपूर्ति व्यवस्थापन गर्दै गुणस्तरीय विद्युत सेवा दिन पिआरओआर आयोजना विकासमा जोड दिन लागिएको प्राधिकरणकाे याेजना छ । ‘बर्खामा आन्तरिक उत्पादन बढे पनि हिउँदको माग व्यवस्थापन चुनौतीपूर्ण हुन्छ,’ उनले भने, ‘हरेक वर्ष बढ्ने माग र आपूर्तिको अवस्था सहज बनाउन पिआरओआर आयोजना चाहिन्छ ।’

अतिरिक्त संरचना निर्माण गर्नु नपर्ने हुँदा निजी प्रवर्द्धक आरओआर आयोजनातर्फ मात्र आकर्षित भएकाले पिपिएमा कडाई गर्न लागेकाे प्रवक्ता अधिकारीले दाेहाेर्याए । अब प्राविधिकरूपले सम्भव भएसम्म निजी क्षेत्रले पिआरओआर आयोजना निर्माणमा जोड दिनुपर्ने अधिकारीले बताए । निजी क्षेत्रले अनुमति लिएका अधिकांश आयोजना आरओआर प्रकृतिका छन् ।

आगामी १० वर्षलाई ऊर्जा दशक घोषणा गरी विद्युत उत्पादनको सीमा १५ हजार मेगावाट पुर्याउने सरकारको लक्ष्य पूरा गर्न प्राधिकरणले टेक अर पे प्रावधानको पिपिए खुलाउँदैछ । अहिले ६ हजार मेगावाट बराबरका आयोजना प्राधिकरणसँग पिपिए गर्न पालो पर्खेर बसेका छन् ।

प्रतिक्रिया दिनुहोस

loading...
sidebar2
sidebar3
sidebar4
sidebar5
sidebar6
sidebar7