विद्युत आपूर्ति

  • प्राधिकरण : ३८७ मेगावाट
  • निजी क्षेत्र : ३७८ मेगावाट
  • भारत : ३७४ मेगावाट
  • ट्रिपिङ : २० मेगावाट
  • माग : ११६८ मेगावाट
  • स्रोत : ने.वि.प्रा.
after_navbar

टेलिकमका पोष्टपेड ग्राहकले अब आफैं आइएसडी सुविधा लिन सक्ने

   असार ०१, २०७५        1593        ऊर्जा खबर/काठमाडौं

नेपाल टेलिकमका जीएसएम तथा सीडीएमए पोष्टपेड मोबाइल प्रयोगकर्ताले अन्तराष्ट्रिय कलको सुविधा आफैं लिन पाउने भएका छन् । टेलिकमले शुक्रबारबाट लागु हुने गरी यो सुविधा सञ्चालनमा ल्याएको हो ।

टेलिकमले जीएसएममा ०००० र सिडिएमएमा १२३४ डिफल्ट पिन नम्बर राखेको छ । जीएसएम मोबाइलमा ग्राहकले आफ्नो पिन नम्बर प्रयोग गरी अन्तराष्ट्रिय कलको सेवा लिन #३३१*पिन#  डायल गर्नुपर्ने छ । सेवा बन्द गर्नु परेमा #३११* पिन#  डायल गर्नुपर्ने टेलिकमले जनाएको छ ।

यस्तै, ग्राहकले सेवा खुल्ला वा बन्द रहेको जानकारी लिनु परेमा *#३३१#  डायल गर्नु पर्नेछ । ग्राहकले गोपनियताका लागि डिफल्ड पिन नम्बर परिवर्तन गरेर इच्छा अनुसारको पिन नम्बर राख्न सक्ने सुविधा दिइएको छ । पिन नम्बर परिवर्तन गर्न **०३*३११* पुरानो पिन*नयाँ पिन*नयाँ पिन#  डायल गर्नु पर्नेछ ।

सीडीएमए पोष्टपेडका ग्राहकले कल सुविधा लिन *८२ र पिन परिवर्तन गर्न *८१ र *८२० डायल गरेर सेवा बन्द गर्न सक्ने टेलिकमले जनाएको छ ।

जीएसएम तथा सीडीएमए पोष्टपेड मोबाइलमा यसअघि अन्तराष्ट्रिय कल सुविधाको व्यवस्था राखिए पनि कार्यालयको सहयोग लिनुपर्ने बाध्यता थियो ।

प्रतिक्रिया दिनुहोस

loading...
sidebar2
sidebar3
sidebar4
sidebar5
sidebar6
sidebar7