विद्युत आपूर्ति

  • प्राधिकरण : ३८७ मेगावाट
  • निजी क्षेत्र : ३७८ मेगावाट
  • भारत : ३७४ मेगावाट
  • ट्रिपिङ : २० मेगावाट
  • माग : ११६८ मेगावाट
  • स्रोत : ने.वि.प्रा.
after_navbar

वर्षा र हावाहुरीले ४ हजार बढी विद्युतीय पोलमा क्षति

   असार ०३, २०७५        5301        ऊर्जा खबर/काठमाडौं

नियमित भइरहेको वर्षा र हावाहुरीले नेपाल विद्युत प्राधिकरणका ४ हजार १ सय विद्युतीय पोलमा क्षति पुर्याएको छ । हावाहुरीसहितको वर्षाले वितेको एक महिनामा देशभरका विद्युतीय पोलमा क्षति पुगेको हो ।

११ केभी वितरण लाइनको कमजोर संरचनाका कारण हावाहुरीले ठूलो संख्यामा पोल ढालेको नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए । उनका अनुसार यो अवधिमा २ सय भन्दा बढी ट्रान्सफर्ममरमा पनि क्षति पुगेको छ ।

पोल तथा ट्रान्सफर्मर ढल्दा करोडौं रुपैयाँको आर्थिक भार थपिएको प्राधिकरणले जनाएको छ । वितरण प्रणाली कमजोर हुँदा वर्षा र हावाहुरीले पोल तथा ट्रान्सफर्मरमा क्षति पुर्याउँदा विद्युत सेवा अवरुद्ध हुने गरेको छ । उद्योगहरुमा पनि ट्रिपिङको समस्या आएको छ ।

वितरण प्रणालीको संरचना कमजोर हुँदा वर्षा याम सुरु भएपछि समस्या दोहोरिने गरेको घिसिङले बताए ।
‘हाम्रो वितरण प्रणाली ३३/११ केभी लाइनमा सिमित छ,’ उनले भने,‘यसको स्तरोन्नति नगरेमा हरेक वर्षको वर्षा याममा समस्या दोहोरिन्छ ।’

अहिलेको समस्या समाधान गर्न उच्च क्षमताको प्रसारण तथा वितरण लाइन निर्माण सुरु गरिएको उनको भनाई छ । उनका अनुसार वर्षा याममा हावाहुरीका कारण हुने ट्रिपिङको समस्या समाधान गर्न औद्योगिक क्षेत्रको वितरण प्रणाली १३२ केभीमा स्तरोन्नति गर्ने गरी प्रसारण लाइन तथा सबस्टेसन निर्माणको काम अघि बढेको  छ ।

प्रतिक्रिया दिनुहोस

loading...
sidebar2
sidebar3
sidebar4
sidebar5
sidebar6
sidebar7