विद्युत आपूर्ति

  • प्राधिकरण : ३८७ मेगावाट
  • निजी क्षेत्र : ३७८ मेगावाट
  • भारत : ३७४ मेगावाट
  • ट्रिपिङ : २० मेगावाट
  • माग : ११६८ मेगावाट
  • स्रोत : ने.वि.प्रा.
after_navbar

सल्यानको छत्रेश्वरी गाउँपालिकामा नेपाल इन्भेष्टमेन्ट बैंक

   असार ०४, २०७५        415        ऊर्जा खबर/काठमाडौं

नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडले सल्यानको छत्रेश्वरी गाउपालिकास्थित लान्तीमा ७२औं शाखा विस्तार गरेको छ । राज्य पुनर्संरचना तथा संघीयतामा दुर्गम गाउँका बासिन्दालाई सेवा पुर्याउने उद्देश्यले शाखा विस्तार गरिएको हो ।

१२ हजार बढी जनसंख्या रहेको प्रदेश नम्बर ६ स्थित लान्तीका स्थानीयलाई यो शाखाले वित्तिय कारोबार सहज हुने अपेक्षा गरिएको छ । बैंकले ग्रामीण क्षेत्रका सर्वसाधारणलाई सहज बैंकिङ सेवा प्रदान गर्ने उदेश्यले प्रदेशअनुसार शाखा विस्तार अभियानलाई निरन्तरता दिएको छ ।

ग्रामीण क्षेत्रका जनतालाई सुविधा दिने उद्देश्यले विपन्न वर्ग कर्जातर्फ प्रत्यक्ष २२ हजार ७ सय व्यक्तिलाई ३ अर्ब ७६ करोड रुपैयाँ लगानी गर्ने यो एक मात्र निजी बैंक बनेको छ ।
८ लाखभन्दा बढी ग्राहक रहेको बैंकको एटिएम काउन्टर सय पुगेको छ । यस्तै, ६ वटा एक्स्टेन्सन काउन्टर रहेको छन् । ५ लाख ५० हजारभन्दा बढी भिसा डेबिट कार्ड प्रयोगकर्ता रहेको बैंकले ५७ ठाउँमा शाखारहित सेवा प्रदान गरेको छ ।

प्रतिक्रिया दिनुहोस

loading...
sidebar2
sidebar3
sidebar4
sidebar5
sidebar6
sidebar7