विद्युत आपूर्ति

  • प्राधिकरण : ३८७ मेगावाट
  • निजी क्षेत्र : ३७८ मेगावाट
  • भारत : ३७४ मेगावाट
  • ट्रिपिङ : २० मेगावाट
  • माग : ११६८ मेगावाट
  • स्रोत : ने.वि.प्रा.
after_navbar

४ निजी आयोजनामा चिनियाँ लगानी, प्रधानमन्त्रीको उपस्थितिमा समझदारी भयो

   असार ०६, २०७५        3805        ऊर्जा खबर/काठमाडौं

चीनको ६ दिने औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा निजी क्षेत्रले निर्माण गर्ने ४ जलविद्युत आयोजनामा लगानी गर्न चिनियाँ कम्पनी (एमअाेयू) सँग समझदारी भएको छ ।

मंगलबार बेइजिङमा आयोजना निर्माण गर्ने नेपाली तथा चिनियाँ कम्पनीका प्रतिनिधिबीच समझदारी भएको हो । लगानी समेत ल्याएर निर्माण गर्ने इपिसि–एफ (इन्जिनियरिङ प्रोक्योरमेन्ट, कन्स्ट्रक्सन र फाइनान्स) मोडलमा लगानी ल्याउन समझदारी भएको छ ।

६ सय मेगावाटको माथिल्लो मर्स्याङ्दी–२, १ सय ६४ मेगावाटको कालीगण्डकी गर्ज, ७५ मेगावाटको त्रिशूली गल्छी र ४०.२७ मेगावाटको सुपर न्यादीमा चिनियाँ लगानी आउने पक्का भएको छ । मर्स्याङ्दी केही समयअघि भारतको जिएमआर कम्पनीसँग बुटवल पावर कम्पनी (बिपिसी) र ३ चिनियाँ कम्पनीले किनेका थिए ।

मर्स्याङ्दीमा लगानी भित्र्याउन बिपिसीका अध्यक्ष पद्म ज्योती र सिचुवान इन्भेष्टमेन्ट ग्रुप, चेङ्दु सिङचेङ इन्भेष्टमेन्ट ग्रुप तथा सिचुवान क्विनयान इन्जिनियरिङ कन्सल्टिङ कम्पनीका प्रतिनिधिले समझदारीपत्रमा हस्ताक्षर गरेका छन् ।

यसैगरी, त्रिशूली गल्छीमा सिद्धकाली पावर कम्पनीका अध्यक्ष गुरुप्रसाद न्यौपाने र डोङफङ इलेक्ट्रिक इन्टरनेशनल कर्पोरेशनका उपाध्यक्ष चेन क्विनले हस्ताक्षर गरे  । यस विषयमा गत बैशाखमै काठमाडौंमा प्रारम्भिक समझदारी भएको थियो ।

कालीगण्डकी गर्ज ज्ञानेन्द्रलाल प्रधान अध्यक्ष रहेको हाइड्रो सोलुसन र न्यादी स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इपान) का अध्यक्ष शैलेन्द्र गुरागाईंको कम्पनी सिउरी न्यादीले निर्माण गर्दैछ । यी आयोजनामा लगानी भित्र्याउन हाइड्रो सोलुसनका अध्यक्ष प्रधान र सिउरी न्यादी कम्पनीका कार्यकारी अध्यक्ष गुरागाईंले समझदारीमा हस्ताक्षर गरेका छन् ।

चिनियाँ कम्पनीका तर्फबाट क्रमशः युनान सिन्हवा वाटर कन्जरभेन्सी एन्ड हाइड्रो पावर इन्भेष्मेन्ट र चाइना नेशनल इलेक्ट्रिक इन्जिनियरिङ कम्पनीका प्रतिनिधिले समझदारीमा हस्ताक्षर गरेको बताइएको छ ।

सुपर न्यादीको निर्माण आगामी भदौबाट सुरु गर्ने तयारी छ । यसको एक वर्षअघि नै विद्युत खरिद सम्झौता भएको थियो । समझदारी अनुसार चिनियाँ कम्पनीले ४ आयोजना इपिसिएफ मोडलमा विकास गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस

loading...
sidebar2
sidebar3
sidebar4
sidebar5
sidebar6
sidebar7