विद्युत आपूर्ति

  • प्राधिकरण : ३८७ मेगावाट
  • निजी क्षेत्र : ३७८ मेगावाट
  • भारत : ३७४ मेगावाट
  • ट्रिपिङ : २० मेगावाट
  • माग : ११६८ मेगावाट
  • स्रोत : ने.वि.प्रा.
after_navbar

कलंकी–नागढुंगा सडक हिलाम्मे, हिलाेमा छुपुछुपु धान राेपाइँ

   असार १९, २०७५        2214        ऊर्जा खबर/काठमाडौं

निर्माण सुरु भएको ३ बर्ष पूरा हुँदा पनि काम पूरा नभएपछि कलंकी–नागढुंगा सडक किनारका स्थनीय आक्रोसित भएका छन् । पटक–पटक निर्माण गर्न स्थानीयले माग गरे पनि ठेकेदार र सरकारले ध्यान नदिएको भन्दै स्थानीय विरोधमा उत्रिएका हुन् ।

उनीहरूले निर्माणमा भएको ढिलाइको विरोध गर्दै सडकमै रोपाइँ गर्न सुरु गरेका छन् । राजधानीको मुख्य नाका जोड्ने सडक निर्माण नहुँदा स्थानीयले हिलो र धुलोको सास्ती खेप्नु परेको छ ।

निर्माणको ठेक्का पाएको ठेकेदार शैलुङ कन्स्ट्रक्सनले अनेक बाहना देखाएर काममा ढिलाई गरेको छ । उता काठमाडौं सडक विस्तार आयोजनाले पनि ठेकेदारलाई दबाब दिन सकेको छैन ।

काम पूरा नगरेकाले सरकारलाई व्याङग्य गर्दै सडकमा धान रोपिएको स्थानीय चन्द्र महर्जनले बताए । ‘सडक हो कि धान रोप्ने खेत छुट्टयाउनै गाह्रो हुने अवस्था भइसक्यो,’ उनले भने ।

सरकारले ठेकेदारसँगको मिलेमतोमा समयमै सडक निर्माण नगरेको स्थानीयको आरोप छ । ‘सरकारले हामी निर्दोष हुँदा पनि दण्ड दियो, सडक त छ तर हिँड्न निकै मुश्किल छ,’ चन्द्रागिरी नगरपालिका–१२ गुर्जुधारामा स्थानीय पदम श्रेष्ठले भने ।

अहिले पनि उक्त सडक खण्ड भत्काएर लथालिंग छोडिएको छ । भत्काएर छोड्दा दैनिक अत्याधिक ट्राफिक जाम हुने समस्या पनि बढ्दै गएको छ । ३ वर्षसम्म निर्माण पूरा नहुँदा धूँवा धुलोको सास्ती खेप्नु परेकाले बाध्य भएर सडकमै धान रोपिएको स्थानीय रामनारायण घिमिरेले बताए ।

पटक–पटकको आन्दोलनपछि पनि काम काम नभएको स्थानीयको गुनासो छ । सवारी चालकलाई नागढुंगा–कंलकीसम्म पुग्न घन्टौं लाग्ने गरेको छ । उता यात्रुहरू दैनिक जाममा फस्ने गरेका छन् ।

वर्षा सुरु भएसँगै सडकको दुर्दशा सुरु भएको निर्माणमा स्थानीयको अगुवाई गर्दै आएका उत्तम कार्कीले बताए  । ३ वर्षदेखि हामीले यसरी नै हिलो र धुलोको सामना गर्दै आएका छौं,’ उनले भने, ‘अझै कति वर्ष सहनुपर्ने हो थाहा छैन ।’

प्रतिक्रिया दिनुहोस

loading...
sidebar2
sidebar3
sidebar4
sidebar5
sidebar6
sidebar7