विद्युत आपूर्ति

  • प्राधिकरण : ३८७ मेगावाट
  • निजी क्षेत्र : ३७८ मेगावाट
  • भारत : ३७४ मेगावाट
  • ट्रिपिङ : २० मेगावाट
  • माग : ११६८ मेगावाट
  • स्रोत : ने.वि.प्रा.
after_navbar

बिपी राजमार्गमा पहिरै पहिरो, मुग्लिन–नारायणगढ जस्तै अवस्था

   असार २०, २०७५        2149        ऊर्जा खबर/काठमाडौं

बर्खा सुरु भएसँगै काठमाडौंबाट पूर्व जाने चल्तीको सडक बिपी राजमार्ग अवरुद्ध हुन थालेको छ । बनेपादेखि बर्दिबाससम्मको सडकको दर्जनौं ठाउँमा पहिरो गएपछि समस्या देखिएको हो ।

साँघुरो सडकमा  पहिरो खसिरहने र घन्टौं सवारी जाम हुन थालेको छ । राजमार्गअन्तर्गत पर्ने खहरे खोला र नयाँ सडक निर्माण गरिएको ठाउँमा ढुंगा माटो थुप्रिँदा सवारी आवागमनमा मात्र होइन पैदल योत्रुलाई समेत सास्ती हुने गरेको छ ।

अहिले राजमार्गको दर्जन बढी ठाउँमा खहरे बग्ने गरेको छ । झरी पर्नासाथ खहरे बढ्ने र साना सवारी सञ्चालनमा कठिनाई हुने गरेको यस रुटमा सवारी चलाउने पदम लामा बताउछन् । ‘खहरे उर्लिएर आएपछि दुई÷चार घन्टा कुर्नुको विकल्प छैन,’ उनले भने ।

३ ठाउँमा जोखिम

स्थानीय तहको सरकार गठनपछि गाउँगाउँमा विकास भनेकै सडक निर्माण भन्ने बुझिएको छ । स्थानीय तहले ८० प्रतिशत बजेट सडक निर्माण र स्तरोन्नतीमा खर्चिएका छन् । सडकको नाममा मापदण्ड विपरित खनिएका कारण जोखिम पनि उत्तिकै बढ्दै गएको छ ।

बिपी राजमार्ग पनि यसबाट जोगिन सकेको छैन । दजनौ ठाउँमा माथिबाट आएको भेलले सडक अस्तव्यस्त बन्ने गरेको छ । अझ धुलिखेल–नेपालथोक खण्ड त दयनीय बनेको छ । बर्खा लागेपछि यस खण्डमा दैनिकजसो सडक अवरुद्ध हुने गर्छ ।

गाउँमा खनिएका सडकका कारण मुख्य राजमार्गलाई असर गरेको छ । सडक निर्माण गर्दा नालाको व्यवस्था नहुनु, मापदण्ड विपरित काम गर्दा सामान्य पानी पर्दासमेत सवारी आवागमन अवरुद्ध हुन्छ ।

पुल निर्माणको प्रस्ताव नै थन्कियो

सडक विभागले बर्खामा उर्लिने खहरेमा पुल निर्माण गर्ने प्रक्रिया अघि बढाए पनि यसले गति लिएको छैन । नेपालथोक–धुलिखेल खण्डको माम्तीमा पक्की पुल निर्माणको योजना अघि सारिएको छ । पुल नहुँदा सर्वसाधारण यात्रुले समेत ठूलो सास्ती खेप्दै आएका छन् ।

३ स्थानमध्ये एकमा मात्र पक्की पुल निर्माण गर्न सकिने सडक डिभिजन कार्यालय खुर्कोटका प्रमुख राकेश महर्जनले बताए । ‘बर्खामा धेरै अवरुद्ध हुनेमध्ये माम्ती खोलामा मात्र पक्की पुल निर्माण गर्ने प्रस्ताव छ,’ उनले ऊर्जा खबरसँग भने, ‘भयाकुरे खोला र कालोढुंगामा भने स्थानीयसँग छलफल भइरहेको छ ।’

पहिरो पन्छाउन मेसिन तयारी अवस्थामा छ : महर्जन

डिभिजन प्रमुख महर्जनले बर्खाका कारण आउने सम्भावित बाढी पहिरो पन्छाउन मेसिन तयारी अवस्थामा राखिएको बताए । ‘पानी पर्नेबित्तिकै राजमार्गमा लेदो र खहरे खोलामा बाढी आउँछ,’ उनले भने, ‘सर्वसाधारणले पनि सहज आवतजावत गर्ने गरी स्काभेटर तयारी राखिएको छ ।

पुल निर्माण गर्न नसकिने अवस्थामा वैकल्पिक व्यवस्थाको खोजी भइरहेको महर्जनले बताए । अवरुद्ध हुने ठाउँमा स्थायी समाधानको उपाय खोजी गर्नुपर्ने उनको भनाइ छ । राजमार्गमा साना ठूला गरी दैनिक ३ हजारभन्दा बढी सवारी आवतजावत गर्ने जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

loading...
sidebar2
sidebar3
sidebar4
sidebar5
sidebar6
sidebar7