विद्युत आपूर्ति

  • प्राधिकरण : ३८७ मेगावाट
  • निजी क्षेत्र : ३७८ मेगावाट
  • भारत : ३७४ मेगावाट
  • ट्रिपिङ : २० मेगावाट
  • माग : ११६८ मेगावाट
  • स्रोत : ने.वि.प्रा.
after_navbar

तामाकोसीको सेयर खुल्ने मिति सर्यो, संकलन अवधि साउन १६ देखि भदौ १४ सम्म

   असार २०, २०७५        4215        सागर केसी/दाेलखा

अप्पर तामाकोसी हाइड्रो पावर कम्पनीको आयोजना प्रभावितका लागि निष्कासन हुने सेयर संकलन अवधि पछि सरेको छ । स्थानीयबासी र जनप्रतिनिधिको आग्रहपछि सेयर संकलन अवधि सारिएको हो ।

स्थानीयको आग्रहपछि सञ्चालक समिति, नेपाल धितोपत्र बोर्ड, सेयर निष्काशन तथा बिक्री प्रबन्धकको जिम्मा पाएको नागरिक लगानी कोष र सनराइज क्यापिटलसँगको छलफलपछि सेयर संकलन अवधि सारिएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत विज्ञानप्रसाद श्रेष्ठले बताए ।

वर्षाको समयमा सेयर लगानी गर्ने स्थानीय आवेदनकर्ता खेतीको काममा व्यस्त भएकाले उनीहरुको आग्रह अनुसार अब अब आगामी साउन १६ गतेदेखि भदौ १४ गतेसम्मको अवधि तोकेर सेयर निष्कासन गर्ने मिति तय गरिएको छ ।

यसअघि कम्पनीले असार २४ गतेदेखि साउन ९ गतेसम्म सेयर निष्कासन गर्ने तयारी गरेको थियो । ३ दिन अघि दोलखाका ९ वटै स्थानीय तहका प्रमुख र उपप्रमुख सहितको बैठकले सेयर संकलनको मिति केही दिन पर सार्न आग्रह गरेको थियो ।

दोलखामा निर्माणाधीन ४ सय ५६ मेगावाटको माथिल्लो तामाकोसी आयोजनाको २ करोड ६४ लाख ७५ हजार कित्ता साधारण सेयरमध्ये १ करोड ५ लाख ९० हजार कित्ता स्थानीयका लागि छुट्याइएको छ ।

प्रतिक्रिया दिनुहोस

loading...
sidebar2
sidebar3
sidebar4
sidebar5
sidebar6
sidebar7