विद्युत आपूर्ति

  • प्राधिकरण : ३८७ मेगावाट
  • निजी क्षेत्र : ३७८ मेगावाट
  • भारत : ३७४ मेगावाट
  • ट्रिपिङ : २० मेगावाट
  • माग : ११६८ मेगावाट
  • स्रोत : ने.वि.प्रा.
after_navbar

भक्तपुर–नगरकोट सडक निर्माणमा ‘जिल्ला समन्वय समिति बाधक’

   असार २१, २०७५        3148        ऊर्जा खबर/काठमाडौं

निर्माण सुरु भएको वर्षौंसम्म अलपत्र भक्तपुर–नगरकोट सडकको काम अहिले जिल्ला समन्वय समितिले रोकेको छ । सडक समयमा पूरा नभएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गरिरहेको जनाऊ दिँदै काम गर्न दिइएको छैन ।

तोकिएको समयमा काम पूरा नभएको भन्दै अख्तियारले आफ्नै तरिकाले अनुगमन गरिरहेको छ । तर, काम रोक्न निर्देशन दिएको छैन । उता समिति भने अख्तियारको नाममा आयोजना तथा ठेकेदारसँग कमिसन फुत्काउने दाउमा रहेको प्रस्ट देखिन्छ ।

समितिले अवरोध गरेपछि ठेकेदारले गिट्टी तथा बालुवा ढुवानी गर्न पाएको छैन । निर्माणको काम पाएको ठेकेदार एआइपिएल–एससिसिपिएल जेभीले काम गर्न नपाएको भन्दै निरन्तर आयोजना तथा सडक विभागमा गुनासो गर्दै आएको छ ।

ठेकेदारले आफूले भण्डारण गरेर राखेको ठाउँबाट बालुवा तथा गिट्टीलगायत निर्माण सामग्री लैजान नपाएपछि निर्माण ठप्प भएको छ । ‘भक्तपुर–नगरकोट–सिपाघाट’ नाम दिइएको सडक आगामी मंसिरभित्र पूरा गर्ने विभागको लक्ष्य छ ।

सडक आयोजनाले ठिमी महानगरीय प्रहरी प्रभाग, दुवाकोट महानगरीय प्रहरी प्रभाग तथा महानगरीय प्रहरी परिसरलाई समेत बालुवा ढुवानीमा सहजीकरण गरिदिन पत्राचार गरेको छ । तैपनि, अख्तियारको नाममा समन्वय समितिले निरन्तर निर्माणमा भाँजो हालिरहेको छ ।

प्रहरी प्रशासन तथा जिल्ला प्रशासन कार्यालयले सहजीकरण गरिदिए पनि समितिले बालुवा ढुवानी रोकेको आयोजनाले जानकारी दिएको छ । यसअघि जिल्ला विकास समितिमार्फत हुँदै आएको काम अहिले समिति (जिल्ला विकास अधिकारी (एलडिओ) लाई जिम्मा दिइएको छ । प्रत्यक्ष वा अप्रत्यक्षरूपमा एलडिओ नै निर्माणमा तगारो बनेको आयोजनाका एक इन्जिनियरको भनाइ छ ।

काम गर्न नपाएपछि ठेकेदारले गत असार ७ गते सडक आयोजनालाई पत्र लेखेको थियो । पत्रमा भनिएको छ– सडक निर्माण गर्न बालुवा अभाव भई काममा प्रत्यक्ष बाधा परेको हुँदा भक्तपुर दुवाकोट–२ मा स्टोर गरी राखेको बालुवा निर्माणस्थलसम्म लैजान आवश्यक सिफारिस गरिदिनुहुन अनुरोध छ ।

विभाग तथा आयोजनाले यसपछि निरन्तर सहजीकरण तथा दबाब सिर्जना गर्दा पनि समस्याको निकास निस्केको छैन । मंसिरभित्र पूरा गर्न लक्ष्य रहे पनि कामले गति नलिँदा समस्या उत्पन्न भएको विभागका महानिर्देशक रविन्द्रनाथ श्रेष्ठले बताए । ‘मन्त्रालय, मन्त्रीज्यू तथा अख्तियारमा समेत सहजीकरण गरिदिन आग्रह गरिएको छ,’ उनले भने, ‘केही दिनमा समस्या समाधान होला ।’

प्रतिक्रिया दिनुहोस

loading...
sidebar2
sidebar3
sidebar4
sidebar5
sidebar6
sidebar7