विद्युत आपूर्ति

  • प्राधिकरण : ३८७ मेगावाट
  • निजी क्षेत्र : ३७८ मेगावाट
  • भारत : ३७४ मेगावाट
  • ट्रिपिङ : २० मेगावाट
  • माग : ११६८ मेगावाट
  • स्रोत : ने.वि.प्रा.
after_navbar

नलसिंहगाडमा  जाइकाले ५५ अर्ब सहयोग गर्ने, अब एक वर्षभित्र डिपिआर

   असार २२, २०७५        4759        ऊर्जाखबर/काठमाडौं

४ सय १० मेगावाटको नलसिंहगाड जलाशय जलविद्युत आयोजना निर्माणमा जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) ले करिब ५५ अर्ब रुपैयाँ सहयोग गर्ने प्रतिबद्धता जनाएको छ ।

आयोजना निर्माण गर्न खोलिएको नलगाड हाइड्रो पावर कम्पनीसँगको छलफलमा जाइकाले सहयोग गर्न तयार रहेको जनाएको हो । विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) तयार हुनेबित्तिकै जाइकाले सहयोगका लागि थप छलफल अघि बढाउने बताएको छ ।

कम्पनीका अनुसार जाइकाले आयोजनामा सहयोग गर्न प्रतिबद्धता जनाएको ५० करोड अमेरिकी डलर (करिब ५५ अर्ब ३१ करोड रुपैयाँ) मध्ये ३० करोड डलर ०.१ प्रतिशत ब्याजमा उपलब्ध गराउने भएको छ । बाँकी रकम न्यूनतम ब्याजमा व्यापारिक ऋण दिनेछ ।

डिपिआरको काम २०७३ बैशाख २३ गते (सन् २०१६, मे ५) देखि सुरु भएको हो । ३० महिनामा काम पूरा गर्ने सर्तमा स्मेक इन्टरनेसनल अस्ट्रेलिया÷एमडब्लुएच अमेरिका र उदय जेभीसँग सम्झौता भएको थियो । तर, परामर्शदाताले लक्ष्यअनुसार काम नगरेको कम्पनीका प्रमुख कार्यकारी अधिकृत नरेन्द्रसिंह भण्डारीले बताए ।

‘काम सुरु गरेको १८ महिनाभित्र विस्तृत अध्ययन गरिएको सम्भाव्यता अध्ययन प्रतिवेदन बुझाउनुपथ्र्यो, २६ महिना भयो बुझाएको छैन,’ उनले भने, ‘हामीले ताकेका गरेका छौं । तोकेको समयभित्रै डिपिआर पूरा गर्ने प्रतिबद्धता जनाएको छ ।’

सम्झौतामा परामर्शदाताले ३० महिनाभित्र डिपिआर पूरा नगरे ३६ महिनासम्म काम गर्न पाउने प्रावधान छ । उक्त अवधिमा पनि काम पूरा नगरे जरिवाना तिर्नुपर्छ । परामर्शदाताले जरिवाना तिर्ने समयअघि अर्थात् सन् २०१९ को मे महिनाभित्र डिपिआर बुझाउने प्रतिबद्धता दोहोर्याएको भण्डारीले बताए ।

भण्डारीका अनुसार परामर्शदाताले सम्भाव्यता अध्ययनको विस्तृत विवरण दिए ठेक्का प्रक्रिया सुरु गर्न सकिन्छ । आयोजना अध्ययन, खरिद र निर्माण (इन्जिनियरिङ, प्रोक्योरमेन्ट एन्ड कन्स्ट्रक्सन– इपिसी) मोडलमा निर्माण गर्ने तयारी छ ।

विकास समितिबाट अघि बढाइएको आयोजना पूर्वऊर्जा मन्त्री जनार्दन शर्माले कम्पनी मोडलमा निर्माण गर्ने गरी मन्त्रिपरिषदबाट निर्णय गराएका थिए । विद्युत उत्पादन कम्पनी अन्तर्गत आयोजना निर्माण प्रक्रिया अघि बढाइएको छ ।

आयोजना निर्माणमा आवश्यक विद्युत उपलब्ध गराउन ‘ताक्सु खोला’ साना जलविद्युत आयोजना अघि बढाइएको छ । साढे ४ मेगावाटको यो आयोजना निर्माण गर्न चालू आर्थिक वर्षभित्र ठेक्का टुंग्याउने योजना छ ।

प्रतिक्रिया दिनुहोस

loading...
sidebar2
sidebar3
sidebar4
sidebar5
sidebar6
sidebar7