विद्युत आपूर्ति

  • प्राधिकरण : ३८७ मेगावाट
  • निजी क्षेत्र : ३७८ मेगावाट
  • भारत : ३७४ मेगावाट
  • ट्रिपिङ : २० मेगावाट
  • माग : ११६८ मेगावाट
  • स्रोत : ने.वि.प्रा.
after_navbar

माउन्टेन हाइड्रोले पाँचथरबासीका लागि सेयर निष्कासन गर्यो

   असार २२, २०७५        3456        ऊर्जा खबर/काठमाडौं

माउन्टेन हाइड्रो नेपाल कम्पनीले स्थानीयका लागि छुट्याइएको १० प्रतिशत सेयर निष्कासन गरेको छ । कम्पनीले पाँचथरमा निर्माणाधीन २२.२ मेगावाटको तल्लो हेवा जलविद्युत आयोजनाको स्थानीयका लागि छुट्याइएको सेयर शुक्रबारबाट निष्कासन गरेको हो ।

प्रतिकित्ता १ सय रुपैयाँ अंकित १२ लाख ५० हजार कित्ता सेयर निष्कासन गरिएको हो । बिक्री खुल्ला गरिएको सेयरमध्ये आयोजनाबाट अति प्रभावित स्थानीयका लागि ७ लाख ५० हजार र अन्य जिल्लावासीका लागि ५ लाख कित्ता छुट्याइएको छ ।

लगानीकर्ताले सेयर खरिद गर्न छिटोमा साउन ४ र ढिलोमा २० गतेसम्म आवेदन दिनुपर्ने बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल लिमिटेडले जनाएको छ । आयोजनामा सेयर लगानी गर्न योग्य स्थानीयबासीले जिल्लास्थित प्रभु, सिभिल, सेन्चुरी र सप्तकोसी विकास बैंकको स्थानीय शाखामा आवेदन दिन सक्नेछन् । कम्पनीको जिल्लास्थित कार्यालयमा पनि स्थानीयले आवेदन दिन सक्ने व्यवस्था गरिएको छ ।

आवेदनकर्ताले न्युनतम ५० देखि अधिकतम ६ हजार कित्तासम्म खरिद गर्न आवेदन दिन पाउने भएका छन । स्थानीयको सेयर बाँडफाँड सकिएपछि सर्वसाधारणका लागि छुट्याइएको सेयर निष्कासन हुनेछ ।

कम्पनीले पाँचथरमा निर्माण गरिरहेको तल्लो हेवा जलविद्युत आयोजनाको ९८ प्रतिशत निर्माण पूरा भएको छ । बाँकी २ प्रतिशत काम सम्पन्न गरेर आगामी असोजदेखि आयोजनाबाट विद्युत उत्पादन गर्ने लक्ष्य छ ।

प्रतिक्रिया दिनुहोस

loading...
sidebar2
sidebar3
sidebar4
sidebar5
sidebar6
sidebar7