विद्युत आपूर्ति

  • प्राधिकरण : ३८७ मेगावाट
  • निजी क्षेत्र : ३७८ मेगावाट
  • भारत : ३७४ मेगावाट
  • ट्रिपिङ : २० मेगावाट
  • माग : ११६८ मेगावाट
  • स्रोत : ने.वि.प्रा.
after_navbar

मध्यभोटेकोसीले कर्मचारीका लागि १ करोड ४४ लाख कित्ता सेयर निष्कासन गर्ने

   असार २२, २०७५        8061        ऊर्जा खबर/काठमाडौं

मध्यभोटेकोसी जलविद्युत कम्पनीले कर्मचारीका लागि छुट्याइएको सेयर निष्कासन गर्ने तयारी गरेको छ । कम्पनीले सिन्धुपाल्चोकमा निर्माणाधीन १ सय २ मेगावाटको मध्यभोटेकोसी जलविद्युत आयोजनाको २४ प्रतिशत निष्कासनको तयारी गरेको हो ।

पहिलो चरणमा कर्मचारीका लागि १ अर्ब ४४ करोड रुपैयाँ बराबरको १ करोड ४४ लाख कित्ता सेयर निष्कासन गर्न नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत मणीराज काफ्लेले बताए । ‘सेयर निष्कासन गर्न आवेदन दिएका छौं,’ उनले शुक्रबार ऊर्जा खबरसँग भने,‘स्वीकृति पाएलगत्तै सबै प्रक्रिया पूरा गरेर निष्कासन तथा बाँडफँड गर्छौ,’

पहिलो चरणमा निष्कासन हुने सेयर कर्मचारी सञ्चय कोषका सञ्चयकर्ता तथा सञ्चय कोष,नेपाल विद्युत प्राधिकरण र चिलिमे जलविद्युत कम्पनीमा कार्यरत कर्मचारीले खरिद गर्न पाउने कम्पनीले जनाएको छ । आयोजनामा लगानी गर्ने नेपाल अरनिको हाइड्रो पावर,सिन्धुपाल्चोक हइड्रो पावर, सिन्धु भोटेकोसी हाइड्रो पावर र सिन्धु इन्भेष्मेन्ट कम्पनीमा कार्यरत कर्मचारीले पनि मध्यभोटेकोसीको सेयर खरिद गर्न आवेदन दिन पाउने छन् ।

कम्पनीले कर्मचारी सञ्चय कोषका सञ्चयकर्ताका लागि १९.५ प्रतिशत अर्थात १ अर्ब १७ करोड रुपैयाँबराबरको १ करोड १ लाख कित्ता, संस्थापक सेयरधनी संस्थाका कर्मचारीका लागि ३.५ प्रतिशत अर्थात २१ करोड रुपैयाँको २१ लाख कित्ता र ऋणदाता संस्थाका कर्मचारीका लागि १.६ करोड रुपैयाँको ६ लाख कित्ता सेयर छुट्याएकाे छ ।

यसैगरी, दोस्रो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि १० प्रतिशत अर्थात ६० करोड रुपैयाँ बराबरकोे ६० लाख कित्ता सेयर निष्कासन हुनेछ । तेस्रो चरणमा सर्वसाधारण र कम्पनीमा कार्यरत कर्मचारीका लागि पुँजीको १५ प्रतिशत अर्थात ९० करोड रुपैयाँको ९० लाख कित्ता सेयर निष्कासन गरेर बाँडफाँड गरिने कम्पनीले जनाएको छ ।

सेयर निष्कासन तथा बिक्री प्रबन्धकका लागि कम्पनीले ७ मर्चेन्ट बैंकरसँग सम्झौता गरेको छ । कम्पनीको सेयर ग्लोबल आइएमई क्यापिटल, प्रभु क्यापिटल, सिभिल क्यापिटल मार्केट, एस क्यापिटल, सिबिआइएल क्यापिटल, सानिमा क्यापिटल र लक्ष्मी क्यापिटल मार्केट लिमिटेडले संयुक्तरूपमा निष्कासन गर्ने छन् ।

प्रतिक्रिया दिनुहोस

loading...
sidebar2
sidebar3
sidebar4
sidebar5
sidebar6
sidebar7