विद्युत आपूर्ति

  • प्राधिकरण : ३८७ मेगावाट
  • निजी क्षेत्र : ३७८ मेगावाट
  • भारत : ३७४ मेगावाट
  • ट्रिपिङ : २० मेगावाट
  • माग : ११६८ मेगावाट
  • स्रोत : ने.वि.प्रा.
after_navbar

त्रिशूली जलविद्युत केन्द्रमा आगलागी, ३८ मेगावाट विद्युत आपूर्ति बन्द

   असार २६, २०७५        3569        ऊर्जा खबर/काठमाडौं

 

नुवाकोटस्थित सञ्चालनमा रहेको २४ मेगावाटको त्रिशूली जलविद्युत केन्द्रमा मंगलबार अपरान्ह आगलागी भएको छ । विद्युतगृहको कन्ट्रोल प्यानल (बस बार) मा आगालागी भएको हो ।

अपरान्ह साढे १ बजे लागेको आगो २ घन्टापछि नियन्त्रणमा लिइएको केन्द्रका लेखा प्रमुख सिताराम रिमालले जानकारी दिए । ‘विद्युतगृहको ५/६ वटा कन्ट्रोल प्यानल जलेका छन्, विदुर नगरपालिकाको दमकलले नियन्त्रणमा लिइयो,’ उनले भने, ‘मर्मत गरी सञ्चालनमा ल्याउन समय लाग्ने देखिएको छ ।’

केन्द्रमा आगालागी हुँदा २४ मेगावाट विद्युत आपूर्ति बन्द भएको छ । यस्तै, केन्द्रको टेलरेस सुरुङबाट निस्केको पानी उपयोग गरी निर्माण तथा सञ्चालन भएको १४ मेगावाटको देवीघाट पनि बन्द भएको छ ।

आगलागीपछि विद्युतगृह बन्द हुँदा देशभरको विद्युत आपूर्ति व्यवस्थापनमा भने कुनै समस्या नरहेको नेपाल विद्युत प्राधिकरणले जनाएको छ । आगलागीपछि नुवाकोटका १३ मध्ये ७ वटा फिडरको विद्युत सेवा अवरुद्ध भएको छ ।

सेवा अवरुद्ध भएका स्थानमा वैकल्पिक व्यवस्था गरी बुधबार मध्यान्हसम्ममा आपूर्ति सुचारु हुने प्राधिकरणले जनाएको छ । ६६/११ केभी क्षमताको ट्रान्सफर्मर राखेर आपूर्ति सुचारु गर्ने प्राधिकरणको तयारी छ ।

प्रतिक्रिया दिनुहोस

loading...
sidebar2
sidebar3
sidebar4
sidebar5
sidebar6
sidebar7