विद्युत आपूर्ति

  • प्राधिकरण : ३८७ मेगावाट
  • निजी क्षेत्र : ३७८ मेगावाट
  • भारत : ३७४ मेगावाट
  • ट्रिपिङ : २० मेगावाट
  • माग : ११६८ मेगावाट
  • स्रोत : ने.वि.प्रा.
after_navbar

सेनाले ६ महिनाभित्र काठमाडौं–तराई द्रुतमार्गको डिपिआर तयार गर्ने

   असार २७, २०७५        2565        ऊर्जा खबर/काठमाडौं

काठमाडौं–तराई/मधेस द्रुतमार्गको विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) ६ महिनाभित्र तयार गर्ने गरी नेपाली सेनाले काम अघि बढाएको छ ।

२ महिनाभित्र परामर्शदाता छनोट गरी ४ महिनामा काम पूरा गर्ने लक्ष्य राखिएको हो । डिपिआर तयार गर्न ६ अन्तर्राष्ट्रिय कम्पनीबीच प्रतिस्पर्धा हुँदैछ । डिपिआरका लागि प्रस्ताव पेस गरेका १७ मध्ये ६ कम्पनी ‘सर्ट लिस्ट (संक्षिप्त सूची) मा परेका थिए ।

छनोटमा परेका कम्पनीलाई प्राविधिक तथा आर्थिक प्रस्ताव पेस गर्न एक महिनाको समय दिइएको सेनाका प्रवक्ता गोकुल भण्डारीले बताए । ‘कम्पनीहरूले प्रस्ताव पेस गरेपछि त्यसको मूल्यांकन गर्न २० दिनदेखि एक महिना लाग्छ,’ उनले ऊर्जा खबरसँग भने, ‘अर्को एक महिनामा नियुक्ति हुन्छ र बाँकी ४ महिनाभित्र डिपिआर सक्नुपर्छ ।’

डिपिआर तयार गर्न प्रस्ताव पेस गर्नेमध्ये एउटा स्वदेशी र बाँकी विदेशी कम्पनी थिए । नेपाली कम्पनी सर्ट लिस्टमा परेको छैन । एएफ ग्रुप स्वीट्जरल्यान्ड, जेभी अफ योशिन पियुङ्वा कोरिया, स्मेक इन्टरनेशनल जापान, हङकङस्थित मेनहार्ड चाइना र सोसुङ इन्जिनियरिङ चाइना सर्ट लिस्टको सूचीमा  परेका छन् ।

काठमाडौंबाट छोटो दूरीमा तराई जोड्ने (७६ किलोमिटर) सडक वर्षौंको विवादपछि सरकारले २०७४ बैशाख २१ गते निर्माणको जिम्मा सेनालाई दिएको थियो । यसअघि भारतीय कम्पनी आइएल एन्ड एफएसले सडकको डिपिआर तयार गरेको थियो ।

निर्माणसमेत आफैंले गर्ने मनशाय राखी महँगो लागत तथा सडक दस्तुर र सहुलियत मागेपछि व्यापक विरोध भएको थियो । सरोकारवाला तथा हरेक क्षेत्रबाट विरोध आएपछि सरकारले सडक निर्माणको जिम्मा भारतीय कम्पनीलाई नदिने निर्णय गरेको थियो ।

कम्पनीले आफूले तयार गरेको डिपिआर सरकारले चाहे ६२ करोड रुपैयाँमा किन्न सक्ने जनाएको थियो । यति ठूलो रकम दिएर किन्न सक्ने अवस्था नरहेकाले सेना आफैंले डिपिआर तयार गर्ने प्रक्रिया सुरु गरेको हो ।

सरकारले आगामी आर्थिक वर्ष (२०७५/७६) को बजेट, नीति तथा कार्यक्रममा ५ वर्षभित्र द्रुतमार्ग निर्माण पूरा गर्ने घोषणा गरेको छ । यसअघि ४ वर्षमा पूरा गर्ने गरी सेनालाई जिम्मा दिइएको थियो ।

सेनाले झन्डै ६ वर्षअघि करिब १ अर्ब रुपैयाँमा द्रुतमार्गको ट्र्याक खोलेको थियो । भारतीय कम्पनीले सडक निर्माण गर्न करिब १ खर्ब १२ अर्ब रुपैयाँ लागत औंल्याएको थियो ।

प्रतिक्रिया दिनुहोस

loading...
sidebar2
sidebar3
sidebar4
sidebar5
sidebar6
sidebar7