विद्युत आपूर्ति

  • प्राधिकरण : ३८७ मेगावाट
  • निजी क्षेत्र : ३७८ मेगावाट
  • भारत : ३७४ मेगावाट
  • ट्रिपिङ : २० मेगावाट
  • माग : ११६८ मेगावाट
  • स्रोत : ने.वि.प्रा.
after_navbar

रुदी ‘ए’ ले भदौबाट व्यावसायिक विद्युत उत्पादन गर्ने

   असार २७, २०७५        2086        ऊर्जा खबर/काठमाडौं

८.८ मेगावाटको रुदी ‘ए’ जलविद्युत आयोजनाले आगामी भदौबाट विद्युत उत्पादन गर्ने भएको छ । बिन्दवासिनी हाइड्रो पावर कम्पनीले लमजुुङमा निर्माण गरिरहेको आयोजनाले अबको साढे २ महिनामा व्यावसायिक विद्युत उत्पादन गर्न लागेको हो ।

सिभिल संरचना निर्माणको काम अन्तिम चरणमा पुुगेकाले भदौबाट परीक्षणसुरु गरेर भदौ अन्तिम साताबाट व्यवसायिक उत्पादन गर्ने तालिका रहेको आयोजनाका उप–प्रबन्धक सरोज भट्टराइले बताए । उनका अनुसार असारभित्रै उत्पादन गर्ने तयारी गरिए पनि बाँध र पेनस्टक पाइपको केही काम बाँकी रहेकाले विद्युत उत्पादन अवधि धकेलिएको हो ।

आयोजनाबाट उत्पादन हुने विद्युत नेपाल विद्युत प्राधिकरणले निर्माण गरिरहेको मादीस्थित मुुङ्रेबेसी सबस्टेसनमा लगेर जोडिनेछ । विद्युतगृहबाट सबस्टेसनसम्म आवश्यक ४ किलोमिटर प्रसारण लाइन कम्पनीले निर्माण गरिसकेको छ । २०७३ साल जेठबाट सिभिल संरचना निर्माणको काम सुरु भएको आयोजना साढे २ वर्षमा पूरा हुन लागेको हो ।

अहिले असारभित्रै सम्पन्न गर्ने गरी आयोजनाको बाँध र पाइप लाइनको बाँकी काम धमाधम भइरहेको कम्पनीले जनाएको छ । ६ किलोमिटर लामो पाइप लाइन बिछ्याउने काम सकिएको छ । विद्युतगृहमा आवश्यक सम्पूर्ण उपकरण जडानको काम पनि पूरा भएको छ ।

१ अर्ब ३६ करोड रुपैयाँ बराबरको अनुमानित लागतमा निर्माण सम्पन्न हुन लागेको आयोजनामा सानिमा बैंकको अगुवाईमा ५ बैंकको लगानी छ । आयोजनामा ७५ प्रतिशत ऋण तथा २५ प्रतिशत स्वपुुँजी लगानी छ ।

प्रतिक्रिया दिनुहोस

loading...
sidebar2
sidebar3
sidebar4
sidebar5
sidebar6
sidebar7