विद्युत आपूर्ति

  • प्राधिकरण : ३८७ मेगावाट
  • निजी क्षेत्र : ३७८ मेगावाट
  • भारत : ३७४ मेगावाट
  • ट्रिपिङ : २० मेगावाट
  • माग : ११६८ मेगावाट
  • स्रोत : ने.वि.प्रा.
after_navbar

३० घन्टापछि नुवाकोटको अवरुद्ध विद्युत सेवा सुचारु

   असार २७, २०७५        2153        ऊर्जा खबर/काठमाडौं

नुवाकोटस्थित २४ मेगावाटको त्रिशूली जलविद्युत केन्द्रको विद्युतगृहमा आगलागी हुँदा अवरुद्ध बनेको विद्युत सेवा ३० घन्टापछि सुचारु भएको छ । आगलागीपछि त्रिशूली र देवीघाट जलविद्युत केन्द्रको विद्युत प्रवाह हुने फिडर बन्द हुँदा अवरुद्ध सेवा बुुधबार साँझबाट सुचारु भएको हो ।

नुवाकोटमा सञ्चालित १३ मध्ये अवरुद्ध ७ वटा फिडरमा वैकल्पिक व्यवस्थाबाट सेवा सुचारु गरिएको केन्द्र प्रमुख तारादत्त भट्टले बताए । उनका अनुसार केन्द्रको विद्युुत जोडिने सबस्टेसनलाई केन्द्रीय प्रणालीमा जोडेर विद्युत आपूर्ति सुचारु गरिएको हो ।

‘आगलागीबाट जलविद्युत गृहको ३ वटा ब्रेकरमा क्षति पुुगेपछि नुवाकोटका धेरै स्थानमा विद्युत सेवा अवरुद्ध थियो,’उनले ऊर्जा खबरसँग भने,‘त्रिशूली र देवीघाटको विद्युत प्रवाह हुने फिडरलाई राष्ट्रिय प्रणालीसँग जोडेर सेवा सुुचारु गरेका छौं ।’ उनका अनुसार विद्युत सेवा सुचारु भएपछि अब क्षतिग्रस्त विद्युतगृहको मर्मत सुरु गरिनेछ ।

मंगलबार दिउँदो विद्युतगृहमा जडित ६.६केभी साइट ब्रेकरमा आगो लाग्दा १ करोड रुपैयाँ बराबरको क्षति पुुगेको छ । आगलागीपछि विद्युतगृहको उत्पादन बन्द भएको छ । केन्द्रको निकास सुुरुङबाट आउने पानी प्रयोग गरी सञ्चालन भएको १४ मेगावाटको देवीघाट जलविद्युत केन्द्रको उत्पादन पनि बन्द छ ।

आगलागीपछि ३८ मेगावाट विद्युत प्रणाली बाहिर भए पनि माग र आपूर्ति व्यस्थापनमा कुुनै समस्या नरहेको प्राधिकरणले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

loading...
sidebar2
sidebar3
sidebar4
sidebar5
sidebar6
sidebar7