विद्युत आपूर्ति

  • प्राधिकरण : ३८७ मेगावाट
  • निजी क्षेत्र : ३७८ मेगावाट
  • भारत : ३७४ मेगावाट
  • ट्रिपिङ : २० मेगावाट
  • माग : ११६८ मेगावाट
  • स्रोत : ने.वि.प्रा.
after_navbar

बालाजु क्षेत्रका दर्जन बढी स्थानमा शुक्रबार ७ घन्टा विद्युत आपूर्ति बन्द हुने

   असार २८, २०७५        1336        ऊर्जा खबर/काठमाडौं

नेपाल विद्युत प्राधिकरणले बालाजु क्षेत्रका दर्जन बढी स्थानमा शुक्रबार विद्युत आपूर्ति बन्द गर्ने भएको छ । बनस्थली चोकदेखि बालाजु प्रहरी चौकीसम्मको सडक खण्ड विस्तार भइरहेकाले प्राधिकरणको बालाजु वितरण केन्द्रले ७ घन्टा सेवा अवरुद्ध गर्न लागेको हो ।

सडक विस्तार अवधिभर बिहान ८ देखि दिउँसो ५ बजेसम्म विद्युत सेवा अवरुद्ध हुने वितरण केन्द्र प्रमुख सुरज रेग्मीले बताए । उनका अनुसार सेवा अवरुद्ध हुँदा सबस्टेसनको बालाजु-धर्मस्थली फिडरबाट वितरण हुने विद्युत सेवा अवरुद्ध हुनेछ । उक्त फिडरबाट विद्युत प्रवाह हुने पुरानो गुहेश्वरी, फुलबारी गेट, मुड्खु, बतासे डाँडा, धितालथोक, तिनपिप्ले, जरंखु, नेपालटार, मनमैजु, फुटुङ, जितपुर, छत्रेदेउरालीलगायत स्थानको सेवा प्रभावित हुने वितरण केन्द्रले जनाएको छ ।

सडक विस्तारको काम रोकिएपछि हिउँदो ३ बजेबाट आपूर्ति नियमित हुनेछ । वितरण केन्द्रले सडक विस्तार भइरहेको क्षेत्रमा केहीदिन यता सूचना जारी गरेर नियमित विद्युत कतौटी गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस

loading...
sidebar2
sidebar3
sidebar4
sidebar5
sidebar6
sidebar7