विद्युत आपूर्ति

  • प्राधिकरण : ३८७ मेगावाट
  • निजी क्षेत्र : ३७८ मेगावाट
  • भारत : ३७४ मेगावाट
  • ट्रिपिङ : २० मेगावाट
  • माग : ११६८ मेगावाट
  • स्रोत : ने.वि.प्रा.
after_navbar

रोशी र तेमाल गाउँपालिका जोड्ने पक्की पुल निर्माण ६ वर्षदेखि अलपत्र

   असार २९, २०७५        1165        ऊर्जा खबर/काभ्रे

ठेकेदारको लापरबाहीले काभ्रेको रोशी खोलामा निर्माण सुरू भएकाे पक्की पुल ६ वर्षदेखि अलपत्र परेको छ । जिल्लाको रोशी र तेमाल गाउँपालिका जोड्ने पुल निर्माणको ठेक्का लिएको लामा एन्ड नागार्जुन जेभी कम्पनीले बिचैमा काम छोडेपछि अलपत्र अवस्थामा पुगेको हो । जापानको आर्थिक अनुदान सहयोगमा ‘सामुदायिक सुधार परियोजना’ कार्यक्रम अन्तर्गत पुल निर्माणको काम सुरु गरिएको थियो ।

दुई गाउँपालिका जोड्न महत्वपूर्ण मानिएको यो पक्की पुल निर्माण नहुँदा वर्षा याममा आवत जावतमा समस्या हुने गरेको स्थानीय कुमार लामाले बताए ।
‘ठेकेदारले पुल बनाउला र आवत–जावत गर्न सहज होला भनेर आश गर्दा गर्दै ६ वर्ष बितेछ,’उनले शुक्रबार ऊर्जा खबरसँग भने,‘पिलर खडा गरेर लठ्ठा तानेपछि काम रोक्यो ।’

पुल निर्माण अलपत्र हुँदा बिपी राजमार्ग हुँदै आवत जावत गर्ने यात्रुुलाई समस्या हुने गरेको छ । पुल नभएकै कारण वर्षाको समयमा जोखिम मोलेर रोशीखोला तरेर वारी पारी गर्नुपर्ने स्थानीयको बाध्यता छ ।

जापान सरकार र जापानी जनताको आर्थिक अनुदान सहयोगमा निर्माण सुरु भएको पुल वर्षौदेखि अलपत्र परेपछि स्थानीयले कामको जिम्मा लिएको ठेकेदार कम्पनीलाई कारबाही गर्नुपर्ने माग गरेका छन् । ठेक्का लिएर वर्षौसम्म काम नगर्ने ठेकेदारलाई हर्जना तिराएर कारबाही गर्नुपर्ने उनीहरुको माग छ ।

अहिलेको ठेकेदारसँगको ठेक्का सम्झौता रद्ध गरेर नयाँ ठेक्का आह्वान गर्ने प्रक्रिया सुरु गरिएको रोशी गाउँपालिका निवासी दलबहादुर मोक्तानले बताए । पुुरानो ठेकेदारले बिचैमा काम छोडेपछि पुलको बाँकी काम पूरा गर्न नयाँ ठेकेदार नियुुक्त गर्न लागिएको हो ।
पुल निर्माण गर्न जापानको ‘नेपोन कोइ’ ले नेपाल सरकारसँगको समन्वयमा ठेक्का आह्वान गरेको थियो । ठेक्का प्रक्रियाबाट लामा एन्ड नागार्जुन जेभीलाई पुल निर्माण गर्न जिम्मा दिइएको थियो ।

पुल निर्माण गर्नेक्रममा ठेकेदार कम्पनीको कामको गुणस्तर र मजदुरको सुरक्षाका विषयमा अनुदान सहयोग दिने जापानी कम्पनीले प्रश्न उठाएपछि ठेकेदारले काम रोकेको स्थानीय बताउँछन् । ठेकेदार कम्पनीले ठेक्का सम्झौता अनुसारको काम नगरेको भन्दै नेपोन कोइले गुुनासो गरेको थियो ।

प्रतिक्रिया दिनुहोस

loading...
sidebar2
sidebar3
sidebar4
sidebar5
sidebar6
sidebar7