विद्युत आपूर्ति

  • प्राधिकरण : ३८७ मेगावाट
  • निजी क्षेत्र : ३७८ मेगावाट
  • भारत : ३७४ मेगावाट
  • ट्रिपिङ : २० मेगावाट
  • माग : ११६८ मेगावाट
  • स्रोत : ने.वि.प्रा.
after_navbar

कागेश्वरी मनोहरामा बर्खे भेलसँगै बग्दैछ असारे विकास बजेट

   असार २९, २०७५        3366        ऊर्जा खबर/काठमाडौं

 

काठमाडौंस्थित कागेश्वरी मनोहरा नगरपालिकाले चालु आर्थिक वर्षको अन्तिम महिनामा विकासको नाममा बजेट सिध्याउने नाला तथा सडक निर्माणको काम गरिरहेको छ ।
नगरपालिकाले आर्थिक वर्ष २०७४/७५ को १२ महिनामा खर्च हुनुपर्ने विकास बजेट अन्तिम महिनामा असारे विकासका नाममा खर्च गरिरहेको हो ।निरन्तरको वर्षाले हिलाम्य नगरपालिकाको मुलपानीस्थित बसपार्क–बाबाचोक सडक खण्डमा नाला निर्माणको काम थालिएको छ । हिलाम्य सडक खण्डमा नाला निर्माणको काम धमाधम भइरहेको छ ।

बाँकी ११ महिना काम नगरेको नपरपालिकाले असार लागेपछि बजेट सिध्याउनकै लागि नाला बनाउन थालेको स्थानीयको आरोप छ ।
‘स्थानीय जनप्रतिनिधि निर्वाचित भएर आएपछि सडक बन्छ कि भन्ने ठूला आशा थियो,’ स्थानीय चन्द्र श्रेष्ठले भने,‘तर, आफैंले चुनेर पठाएका प्रतिनिधीले पनि जनताको आँखामा छारो हाल्न टालटुले काम गरिरहेका छन् । असारे विकासका नाममा करोडौं रुपैयाँ बर्खाको भेलसँगै बगिरहेको छ ।’

बजेट सिध्याउने नाममा हिलाम्ये सडकमा परेका खाल्डाखुल्डीमा माटो हालेर पुरिएको उनको आरोप छ । हिलाम्ये सडकमाथि माटो हाल्दा सवारी सञ्चालन झन समस्या थपिने गरेको स्थानीयको गुनासो छ । मुलपानी क्षेत्रमा पर्ने अधिकाश सडक हिलाम्ये हुँदा पैदलयात्रु हिड्न समस्या भइरहेका बेला मुलपानी–पिपलबोट, मुलपानी–चौर हुँदै ब्रम्हखेल जोड्ने सडक खण्डको निर्माण कार्य पनि वर्षा लागेपछि सुरु भएको छ ।

यता, नगरपालिकाले भने खाल्डा खुल्डी सडकमा माटो हाल्ने काम नगरेको दाबी गरेको छ । नगरपालिकाका प्रवक्ता राजाराम पुडासैनीले खाल्डा खुल्डी परेको सडकबारे प्राविधिक टोलीले अध्ययन मात्रै गरेको स्पष्ट पारे ।
‘सडकमा माटो हाल्ने काम नगरपालिकाले गरेको छैन,’ उनले ऊर्जा खबरसँग भने,‘प्राविधिकले अध्ययन पूरा गरेपछि एक सातामा खाल्डा खुल्डी सडक पुर्ने योजना छ ।’

स्थानीय निकाय अधिकार सम्पन्न भएको भनिए पनि समयमा बजेट कार्यान्वयन गर्न कानुनी समस्या रहेको उनको भनाई छ । खरिद ऐन अन्तर्गत ठेक्का आह्वान भएका आयोजनामा नगरपालिकाले खर्च गर्न नपाउने प्रावधानले पनि खाल्डाखुल्डी पुर्न ढिलाई भएको पुडासैनीले दाबी गरे ।
कागेश्वरी मनोहरामामात्र नभई देशभर असारे विकासका नाममा असार महिनामामात्रै अरबौं रुपैयाँ खर्च भइरहेको छ । एक बर्षको अवधिमा गर्नुपर्ने काम आर्थिक बर्ष सकिन एक महिना सुरु हुँदा सुरु गर्ने र टालटुल गरी बिल भपाई गर्ने परम्परालाई वर्तमान सरकारले पनि निरन्तरता दिएको छ ।

प्रतिक्रिया दिनुहोस

loading...
sidebar2
sidebar3
sidebar4
sidebar5
sidebar6
sidebar7