विद्युत आपूर्ति

  • प्राधिकरण : ३८७ मेगावाट
  • निजी क्षेत्र : ३७८ मेगावाट
  • भारत : ३७४ मेगावाट
  • ट्रिपिङ : २० मेगावाट
  • माग : ११६८ मेगावाट
  • स्रोत : ने.वि.प्रा.
after_navbar

बेलायतलाई नेपालको जलविद्युतमा लगानी गर्न मन्त्री पुनको आग्रह

   असार २९, २०७५        3096        ऊर्जा खबर/काठमाडौं

ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्री वर्षमान पुनले नेपालको जलविद्युत विकासमा लगानी गर्न बेलायत समक्ष आग्रह गरेका छन् । नेपालका लागि बेलायती राजदूूत रिचार्ड मोरीससँगको भेटमा मन्त्री पुनले यस्तो आग्रह गरेका हुन् ।

उनले अहिले मुलुकमा राजनितिक स्थिरता कायम हुँदै गएकाले लगानीमैत्री वातावरण पनि तयार हुँदै गएको राजदूत मोरीसलाई जानकारी गराए ।मन्त्रालयले श्वेतपत्रमार्फत ऊर्जा,जलस्रोत तथा सिँंचाई क्षेत्रको वर्तमान अवस्था र भावी मार्गचित्र तयार गरेको पनि मन्त्री पुनले बताए ।

गुरु योजना तयार गरेर उच्च क्षमताका प्रसारण लाइनको विकास प्रक्रिया अघि बढेकाले बेलायती लगानीकर्ताले जलविद्युतमा ढुक्क भएर लगानी गर्न सक्ने वातावरण बनेको पुनको भनाई थियो ।

जवाफमा राजदूत मोरीसले नेपालको ऊर्जा क्षेत्रको विकासमा बेलायत सहकार्य गर्न तयार रहेको बताए । अहिले पनि वैकल्पिक ऊर्जामा बेलायती सहयोग नियोग (डिएफआइडी) ले लगानी गरिरहेकोबारे मोरीसले मन्त्री पुनलाई जानकारी गराए ।

प्रतिक्रिया दिनुहोस

loading...
sidebar2
sidebar3
sidebar4
sidebar5
sidebar6
sidebar7