विद्युत आपूर्ति

  • प्राधिकरण : ३८७ मेगावाट
  • निजी क्षेत्र : ३७८ मेगावाट
  • भारत : ३७४ मेगावाट
  • ट्रिपिङ : २० मेगावाट
  • माग : ११६८ मेगावाट
  • स्रोत : ने.वि.प्रा.
after_navbar

बालाजु क्षेत्रका आधा दर्जन बढी स्थानमा शनिबार पनि ९ घन्टा बिजुली काटिने

   असार २९, २०७५        1926        ऊर्जा खबर/काठमाडौं

नेपाल विद्युत प्राधिकरणले बालाजु क्षेत्रका दर्जन बढी स्थानमा शनिबार पनि ९ घन्टा विद्युत आपूर्ति बन्द गर्ने भएको छ । बनस्थली चोकदेखि बालाजु प्रहरी चौकीसम्मको सडक खण्ड विस्तार भइरहेकाले प्राधिकरणको बालाजु वितरण केन्द्रले सेवा अवरुद्ध गर्न लागेको हो ।

सडक विस्तार अवधिभर बिहान ८ देखि साँझ ५ बजेसम्म विद्युत सेवा अवरुद्ध हुने वितरण केन्द्र प्रमुख सुरज रेग्मीले जानकारी दिए । रेग्मीका अनुसार सेवा अवरुद्ध हुँदा सबस्टेसनको बालाजु-नागार्जुन फिडरबाट वितरण हुने विद्युत सेवा दिनभरी अवरुद्ध हुनेछ । उक्त फिडरबाट विद्युत प्रवाह हुने एमटीसी पर्खाल, जनजागृती, रोटरी क्लब, टौडोल, शितला स्कुल, रानीवन, बुद्धचोक, राधाकृष्ण हुदैँ एकलटारसम्मको विद्युत सेवा प्रभावित हुने वितरण केन्द्रले जनाएको छ ।

सडक विस्तारको काम रोकिएपछि साँझ ५ बजेबाट आपूर्ति नियमित हुनेछ । वितरण केन्द्रले सडक विस्तार भइरहेको क्षेत्रमा केहीदिन यता सूचना जारी गरेर नियमित विद्युत कतौटी गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस

loading...
sidebar2
sidebar3
sidebar4
sidebar5
sidebar6
sidebar7