advertisement before-navabar

विद्युत आपूर्ति

  • प्राधिकरण : ३३८ मेगावाट
  • निजी क्षेत्र : २५३ मेगावाट
  • भारत : ३५६ मेगावाट
  • लोडसेडिङ : ३०० मेगावाट (उद्याेग)
  • माग : १२४७ मेगावाट
  • स्रोत : ने.वि.प्रा.

उज्यालो भविष्यको नेतृत्वमा ‘विज्ञान’

   बैशाख ०५, २०७४        4010        ऊर्जा खबर/काठमाडौं

नेपालको इन्जिनियरिङ क्षेत्रमा विज्ञानप्रसाद श्रेष्ठ नयाँ नाम होइन । झन्डै साढे दुई दशक यो क्षेत्रमा समर्पित उनले अहिले माथिल्लो तामाकोसी जलविद्युत आयोजना (४५६ मेगावाट) को नेतृत्व सम्हालेका छन् । व्यवस्थापकीय क्षमता, कुशल नेतृत्व र मिलनसार व्यवहार उनका विशेषता हुन् । यिनै विशेषताले उनलाई मुलुककै ठूलो आयोजना हाँक्ने जिम्मेवारी सुम्पेको छ ।

राष्ट्रिय कम्प्युटर केन्द्रबाट जागिरे जीवन सुरु गरेका उनी वि.सं. २०४५ बैशाखदेखि विद्युत प्राधिकरणमा प्रवेश गरेका हुन् । विज्ञान इलेक्ट्रिकल इन्जिनियर हुन् । तर, उनमा हरेक क्षेत्रको जिम्मेवारी पूरा गर्न सक्ने खुबी छ । पुरानै प्रणालीमा विद्युत विकासले गति लिन नसक्ने मान्यता राख्छन्, उनी । भन्छन्– विद्युत उत्पादन गरेर प्रसारण तथा वितरण गर्न सकेमात्र मुलुक अँध्यारोमुक्त हुनेछ । देश समृद्ध बन्दै जानेछ ।

कात्तिक ७, वि.सं. २०२० । काठमाडौं भीमसेनस्थान, झुरुप्प नेवार बस्ती । झिँगटीको छाना, इँटा र माटोको घर । घरहरूबाट माटोको निख्खर गन्ध आइरहन्थ्यो । उता कात्तिकले जाडो उमारिरहेथ्यो । ती चिसिँदा दिनमा जन्मेका थिए, विज्ञान । उनले भिमसेनस्थानकै परोकार आदर्श स्कुलमा कखरा सिके । त्यहीँ उनको शिक्षाको जग बसेको थियो ।

तत्कालीन शिक्षा व्यवस्थामा व्यावसायिक र साधारण स्कुल हुन्थे । परोकार व्यावसायिक भएकाले त्यहाँ लेखा र शिक्षा विषयमात्र पढाइन्थ्यो । माध्यमिक शिक्षा पढ्न स्कुल फेर्नुपथ्र्यो । विज्ञानले त्यही गरे, जुन त्यतिबेलाको चलन थियो । परोकारबाट उनी शान्ति निकुञ्ज पुगे, ८ कक्षा पढ्न । त्यहाँ उनले इच्छाधीन गणित विषय लिएर पढे । र, त्यहीँबाट वि.सं. २०३५ सालमा माध्यमिक तहको पढाइ सके । त्यसपछि उच्च शिक्षा हासिल गर्न लैनचौरस्थित अमृत साइन्स क्याम्पस पुगे ।

मौलिकता फेरिँदै गएको काठमाडौं र यहाँको आधुनिकता उनले नजिकबाट नियालेका हुन्थे । विष्णुमतीमा बगेको सङ्लो पानी धमिलिँदै थियो । यो पानीको रङजस्तै फेरिँदै थियो, भिमसेनस्थान, झोँछे र बसन्तपुर पनि । यो त्यही समय थियो, जतिबेला यहाँ हिप्पी युग अन्त्य हुँदै थियो । अनि बसन्तपुर ‘फ्रिकस्ट्रिट’ मा रूपान्तर भई ठमेल सर्दै थियो ।

त्यो समय विज्ञान ठमेल, लैनचौरस्थित अमृत क्याम्पसमा साइन्स पढ्दै थिए । र, फेरिँदै गएको समयको तान हेर्दे थिए । भिमसेनस्थान र क्याम्पस पढाइले मात्र जोडेको थिएन । भोलिको नेतृत्वको भोक पनि मिसिएको थियो । भनौं, विज्ञान आफूमा नेतृत्व पाइन हाल्दै थिए । उनी भन्छन्– त्यही पाइनले मलाई राष्ट्रिय गौरवको आयोजना हाँक्न सक्ने बनायो ।

कर्णाली चिसापानी आयोजना निर्माण गर्ने उद्देश्यले तत्कालीन जलस्रोत मन्त्रालयले जनशक्ति तयार गर्दै थियो । दक्ष इन्जिनियर उत्पादन गर्न २ सय ५० सिटको छात्रवृतिमा खुला प्रतियोगिता लिइन्थ्यो । र, हरेक वर्ष ५०/५० जना विद्यार्थी छनोट गरेर भारतको रुडकी विश्वविद्यालय पठाइन्थ्यो । सोही छात्रवृति पाएर विज्ञान २०४० सालमा भारत पढ्न गए ।

पाकिस्तानका पूर्वप्रधानमन्त्री जुल्फिकर अलि भुट्टोलाई सैनिक शासक जिया उल हकले फाँसी दिएका थिए । त्यतिबेला पनि देशको अवस्था तरल थियो । पाकिस्तानको असर काठमाडौंसम्म पर्यो । यही निहुमा विद्यार्थी आन्दोलन चर्कियो । र, राजा विरेन्द्र शाहले जनमत संग्रहको घोषणा गरे । पुनः स्वतन्त्र विद्यार्थी युनियनको ‘अस्कल काण्ड’ र त्यसले उत्पन्न गरेको विद्यार्थी आन्दोलनले पठनपाठन अस्तव्यस्त भएको थियो । विज्ञान यो भीडबाट बाहिरै रहने अवस्था थिएन । राजनीतिक अस्थिरताका कारण उनले १८ महिनामा आइएसी पास गरे । विद्यार्थी आन्दोलन र तरल राजनीतिको चेपमा उभिएर उनले २०३९ मा मात्र आइएसी पास गरे ।

विज्ञानमा युवा इन्जिनियर हुर्किँदै थियो । सफल इन्जिनियर बन्न आइएसीको पढाइ पर्याप्त थिएन । उनले पढाइको थप योजना बनाए । तर, देशमा बिइ (स्नातक इन्जिनियरिङ) पढ्ने ठाउँ थिएन । इन्जिनियरको सपना पूरा गर्न देश छोड्नुपर्ने बाध्यता थियो । विश्वमा शिक्षा, स्वास्थ्यजस्ता आधारभूत क्षेत्रको विकास हुँदै थियो । तर, नेपालमा इन्जिनियर पढ्ने गतिलो क्याम्पस वा विश्वविद्यालय थिएन ।

देशमै पढ्न नपाएको पीडा सहँदै सयौं युवा ‘इन्जिनियर बन्ने सपना’ बोकेर विदेशिन्थे । विज्ञान पनि तिनै युवाको हूलमा मिसिए । कर्णाली चिसापानी आयोजना निर्माण गर्ने उद्देश्यले तत्कालीन जलस्रोत मन्त्रालयले जनशक्ति तयार गर्दै थियो । दक्ष इन्जिनियर उत्पादन गर्न २ सय ५० सिटको छात्रवृतिमा खुला प्रतियोगिता लिइन्थ्यो । र, हरेक वर्ष ५०/५० जना विद्यार्थी छनोट गरेर भारतको रुडकी विश्वविद्यालय पठाइन्थ्यो । सोही छात्रवृति पाएर विज्ञान २०४० सालमा भारत पढ्न गए ।

घरबाट टाढा बसेर उनले ४ वर्ष बिताए । यो ४ वर्षले उनलाई कुशल इन्जिनियर बन्ने आधार (डिग्री सहितको) तयार गर्यो । र, देशमै काम गर्ने जोसिलो जाँगर लिएर उनी २०४४ सालमा फर्किए ।

विज्ञान सातौं तहबाट प्राधिकरण प्रवेश गरेका हुन् । ४ महिनाको छोटो अवधिमै (विसं. २०४५ बैशाख) स्थायी भए । स्थायीपछि कुलेखानी–१ जलविद्युत आयोजनाको इलेक्ट्रिकल इन्जिनियरमा खटाइए । उनले त्यहाँ ५ वर्ष काम गरे । यो अनुभवले जोखिम लिएर जिम्मेवारी पूरा गर्न थप हौसला मिल्यो ।

कुलेखानीपछि उनी वितरण तथा ग्राहक सेवाअन्तर्गत काठमाडौं मध्यशाखामा सारिए । त्यहाँ उनले साढे २ वर्ष काम गरे । यो शाखामै हुँदा (२०५२ सालमा) सहायक प्रबन्धक (आठौं तह) मा बढुवा भएका थिए । बढुवाले उनमा काम गर्ने उत्साह जगायो । संस्था हाँक्न सक्ने क्षमता विकास हुँदै गयो ।

उनको कामको मूल्यांकन गरेर व्यवस्थापनले प्रसारण लाइन निर्माण विभागको काम तोकेको थियो । यहाँ उनले एक दशकभन्दा बढी समय काम गरे । यहाँ रहँदा दर्जनौं प्रसारण लाइनको खाका तयार गरे । भविष्यमा आवश्यक पर्ने प्रसारण लाइन निर्माणको क्षेत्र पहिचान गरे । त्यतिबेला उनले पहिचान गरेका ठाउँमा आज प्राधिकरणले लाइन विस्तार गर्दैछ ।

प्रसारण तथा कन्सट्रक्सनमा रहँदा (२०५६ सालमा) कञ्चनपुरस्थित ‘टनकपुर इन्टर कनेक्सन प्रसारण लाइन’को आयोजना प्रमुखसमेत भएका थिए, विज्ञान । नेपाल–भारत अन्तरदेशीय लाइन उनकै पालमा बनेको हो । महाकाली सन्धिपछि प्राधिकरणले यहाँबाट वार्षिक ७ करोड युनिट बिजुली निशुल्क लिँदै आएको छ । अहिले उच्च माग हुँदा ४० मेगावाटसम्म थप विद्युत किन्ने गरिएको छ ।

विज्ञानले भारतबाट विईको पढाइ सकेर फर्केका थिए । स्नातकोत्तरको पढाइ बाँकी थियो । पुल्चोक इन्जिनियरिङ क्याम्पस त्यतिबेलासम्म समृद्ध भएको थियो । प्रसारण लाइन निर्माण विभागमै हुँदा उनले यहीँबाट वि.सं. २०६० सालमा एमइको पढाइ सके । विज्ञान पुल्चोक क्याम्पसबाट ‘पावर सिस्टम’ मा एमइ गर्ने पहिलो ‘व्याच’का विद्यार्थी हुन्, कार्यकारी निर्देशक कुलमान घिसिङका सहपाठी पनि ।

प्रसारण लाइन निर्माणमा उनको लामो अनुभव जोडिएको छ । अहिले निर्माण भइरहेको काबेली करिडोरको सुरु डिजाइन विज्ञानले नै तयार गरेका थिए । यो लाइन निजी क्षेत्र (आइपिपी) ले उत्पादन गरेको बिजुली जोड्न तयार गरिएको हो । यसले पाँचथर एवं माई खोला क्षेत्रमा बनेका र बन्ने आयोजनाको विद्युत केन्द्रीय प्रणालीमा आवद्ध गर्ने बाटो खुलाएको छ ।

विज्ञानले इलाम (गोदक) र झापा (दमक) मा सबस्टेसन बनाउनुपर्नेमा जोड दिएका थिए । सुरुमा उनको अवधारण वेवास्ता गरे पनि व्यवस्थापनले पछि त्यही योजना कार्यान्वयन गर्यो । अहिले इलामको गोदक र झापाको पाडाजुँगीमा सबस्टेसन तयार भएको छ । तार तान्ने काम अन्तिम चरणमा छ ।

विज्ञानले भारतबाट विईको पढाइ सकेर फर्केका थिए । स्नातकोत्तरको पढाइ बाँकी थियो । पुल्चोक इन्जिनियरिङ क्याम्पस त्यतिबेलासम्म समृद्ध भएको थियो । प्रसारण लाइन निर्माण विभागमै हुँदा उनले यहीँबाट वि.सं. २०६० सालमा एमइको पढाइ सके । विज्ञान पुल्चोक क्याम्पसबाट ‘पावर सिस्टम’ मा एमइ गर्ने पहिलो ‘व्याच’का विद्यार्थी हुन्, कार्यकारी निर्देशक कुलमान घिसिङका सहपाठी पनि ।

बुटवल–आनन्दनगर, ढल्केबर–भित्तामोड र परवानीपुर–रक्सोल (१३२ केभी) अन्तरदेशीय प्रसारण लाइन अध्ययनक्रममा विज्ञान संयोजक थिए । त्यतिबेला उच्च तहमा आवश्यक समन्वय नहुँदा ती आयोजन तुहिए । झन्डै १६ वर्षपछि त्यही खाकाअनुसार अन्तरदेशीय प्रसारण लाइन (ढल्केबर–मुजफ्फरपुर) को निर्माण पूरा भएको छ ।

जागिरे जीवनको प्राविधिक यात्रामा विज्ञान धेरै ठाउँ पुगे । कहीँ आफैँ गए । कहीँ नेतृत्वले खटायो । यो अवधिमा प्रसारण लाइनबाहेक उनले चिलिमे तथा पुवाखोला जलविद्युत आयोजनाको इलेक्ट्रो मेकानिकलको काम पूरा गरेका थिए । यसरी, यो क्षेत्रमा उनले करिब १३ वर्ष बिताए ।

माथिल्लो तामाकोसी निर्माण हुँदै थियो । प्राधिकरणबाट उनी प्रसारण तथा इलेक्ट्रो मेकानिकलको पाटो हेर्ने गरी २०६५ को सुरुतिर तामाकोसी खटाइए । सुरुमा मृगेन्द्रबहादुर श्रेष्ठले आयोजनाको नेतृत्व सम्हालेका थिए । उनले अवकास पाएपछि केही समय सुनिलकुमार ढुंगेल नेतृत्वमा आए । तर, लामो समय रहेनन् ।

ढुंगेलपछि आयोजनाको नेतृत्व विज्ञानले सम्हालेका छन् । यहाँ आएपछि उनी दशौं तह (प्रबन्धक) मा बढुवा भए । बढुवाले उनलाई थप जिम्मेवारी बोध गरायो । तामाकोसी आउँदा देश लोडसेडिङले आक्रान्त थियो । अँध्यारो चिर्न यो आयोजना निर्माणको विकल्प छैन । विज्ञानले त्यसको अगुवाइ गरेका छन् ।

भूकम्पले क्षति पुर्याएको आयोजनाको पुरानो अवस्था विस्तारै उठ्दैछ । नयाँ बिहानको कलिलो घामजस्तै उनमा पनि जोस छ– जिम्मेवारी कुशलता पूर्वक पूरा गर्ने । नेतृत्व तथा जिम्मेवारीमात्र होइन उनले राष्ट्रको उज्यालो सपना काँधमा बोकेका छन् । उनको अटोठ छ– म समयमै आयोजना पूरा गर्न प्रतिबद्ध छु ।

प्रतिक्रिया दिनुहोस

loading...
sidebar1
sidebar2
sidebar3
sidebar4
sidebar5
sidebar6
sidebar7