advertisement before-navabar

विद्युत आपूर्ति

  • प्राधिकरण : ३३८ मेगावाट
  • निजी क्षेत्र : २५३ मेगावाट
  • भारत : ३५६ मेगावाट
  • लोडसेडिङ : ३०० मेगावाट (उद्याेग)
  • माग : १२४७ मेगावाट
  • स्रोत : ने.वि.प्रा.

टर्किस एयरलाइन्सको ‘लक्की ड्र विनर’

   साउन ०६, २०७४        1113   

सम्लिङ कार्पेट प्रालिका केसाङ डोल्कर टर्किस् एयरलाइन्सले आयोजना गरेको लक्की ड्र विजेता (विनर) भएका छन् । विजेता भएसँगै उनले टर्की घुम्ने अवसरसमेत पाएका छन् ।

यस्तै, दोस्रो र तेस्रो विजेतामा जम्प छिरिङ लामा र महेन्द्र क्षत्री परेका छन् । उनीहरूले एयरलाइन्सबाट उपलब्ध आकर्षक उपहार पाएका छन् ।

एयरलाइन्सले असार २० (जुलाई ४) देखि २७ (जुलाई ११) सम्म हिमालयन जाभामा आउने ग्राहकका लागि विदेश घुम्ने अफर ल्याएको थियो । शुक्रबार एक कार्यक्रम आयोजना गरी विजेतालाई एयरलाइन्सका महाप्रबन्धक अब्दुल्लाह ट्युनसर र हिमालयन जाभाका आनन्द गुरुङ तथा गगन प्रधानले उपहार प्रदान गरे ।

पहिलो विजेताले टर्किस् एयरलाइन्सको उडान भएका देशमध्ये आफ्नो रोजाइको देशमा ३ रात ४ दिन बस्न र घुम्ने अवसर पाएका छन् । एयरलाइनस र हिमालयन जाभाबीच एक अर्काको व्यापार प्रवद्र्धन गर्ने गरी एक वर्षका लागि समझदारी (एमओयु) भएको छ ।

प्रतिक्रिया दिनुहोस

loading...
sidebar1
sidebar2
sidebar3
sidebar4
sidebar5
sidebar6
sidebar7