advertisement before-navabar

विद्युत आपूर्ति

  • प्राधिकरण : ४०१ मेगावाट
  • निजी क्षेत्र : ३४४ मेगावाट
  • भारत : ४२४ मेगावाट
  • ट्रिपिङ : १५ मेगावाट
  • माग : ११८८ मेगावाट
  • स्रोत : ने.वि.प्रा.
after_navbar

टर्किस एयरलाइन्सको अब सातामा ५ उडान

   साउन १६, २०७४        1695        ऊर्जा खबर/काठमाडौं

टर्किस एयरलाइन्सले काठमाडौंबाट अब सातामा ५ उडान गर्ने भएको छ । एयरलाइन्सले सेवा विस्तार गर्दै एक उडान थप्न लागेको हो ।

एयरलाइन्सले यसअघि सतामा ४ उडानमात्र गर्दै आएको थियो । आगामी असोज २ गते (अक्टोबर १८, २०१७) देखि उडान संख्या ५ पुग्ने टर्किस एयरलाइन्सको नेपालस्थित कार्यालयले जानकारी दिएको छ ।

कार्यालयका अनुसार काठमाडौं–इस्तानबुल सोमबार, मंगलबार, बुधबार, शुक्रबार र शनिबार उडान हुनेछ । यस्तै, इस्तानबुल–काठमाडौं सोमबार, मंगलबार, बुधबार, बिहीबार, शुक्रबार र आइतबार उडान हुनेछ ।

असोज २ गतेदेखि कात्तिक ८ गते (अक्टोबर ३०, २०१७) सम्म बिहानको समयमा उडान हुने र कात्तिक १३ पछि जाडो सुरु हुने हुँदा उडान समय दिउँसो कायम गरिएको छ । कात्तिकपछि काठमाडौंबाट दिउँसो १ः४५ बजे सोमबार, बुधबार, बिहीबार, शुक्रबार र शनिबार उडान हुनेछ । इस्तानबुलबाट भने स्थानीय समयअनुसार दिउँसो १२ः५५ बजे सोमबार, बुधबार, बिहीबार, शुक्रबार र शनिबार उडान हुने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

loading...
sidebar2
sidebar3
sidebar4
sidebar5
sidebar6
sidebar7