advertisement before-navabar

विद्युत आपूर्ति

  • प्राधिकरण : ३३८ मेगावाट
  • निजी क्षेत्र : २५३ मेगावाट
  • भारत : ३५६ मेगावाट
  • लोडसेडिङ : ३०० मेगावाट (उद्याेग)
  • माग : १२४७ मेगावाट
  • स्रोत : ने.वि.प्रा.

‘उज्यालो नेपाल’ अभियान पूरा गर्दै माथिल्लो तामाकोसी

   पुष २६, २०७३        811        धना ढकाल/काठमाडौं

15391088_10211333556324210_1083483762489291022_n४ सय ५६ मेगावाटको माथिल्लो तामाकोसी स्वदेशी लगानीमा निर्माण भइरहेको अहिलेसम्मकै ठूलो आयोजना हो । दोलखा जिल्लामा निर्माण भइरहेको आयोजनाको वि.सं. २०६८ साल भदौ ४ गते तत्कालीन प्रधानमन्त्री झलनाथ खनालले उद्घाटन गरेका थिए । हालसम्म यसको निर्माण ८३ प्रतिशतभन्दा बढी भएको छ ।

वि.सं. २०७५ को असारभित्र निर्माण पूरा गर्ने लक्ष्यसहित अहिले काम तीव्ररूपमा भइरहेको छ । २०७२ बैशाख १२ गते आएको विनाशकारी भूकम्प, त्यतिबेलै भारतले गरेको नाकाबन्दी र तराई आन्दोलनका कारण आयोजना प्रभावित भएको थियो । सुरु निर्माण तालिका अनुसार एक वर्षअघि नै पूरा गर्ने लक्ष्य रहे पनि भूकम्प, नाकाबन्दी, अमेरिकी डलरमा आएको उतारचढाव तथा सेयरसम्बन्धी विवादले लागत र समय बढेको छ ।

सुरुमा आयोजनाको लागत ३५ अर्ब २९ करोड रुपैयाँ तोकिएको थियो । तर, उल्लेखित घटनाले निर्माण पूरा हुँदासम्म बैंक ब्याजसहित करिब ६० अर्ब रुपैयाँ पुग्ने अनुमान गरिएको छ । ‘पिकिङ रन अफ रिभर’ मा आधारित यो आयोजना बर्खामा ४ सय ५६ मेगावाट र हिउँदमा ४ घन्टा पिकिङ गरेर सञ्चालन गर्न सकिन्छ । हिउँदको ज्यादै सुख्खा समयमा करिब ९० मेगावाट उत्पादन भए पनि विद्युतको उच्च माग हुँदा दैनिक ४ घन्टा पिकिङमा चलाउन सकिने यसको आकर्षक पक्ष हो ।

Upper Tamakoshi Hydro Project Dam site. The work at the dam site could not continue even after one year as the road to dam site was destroyed by the last year earthquake. Dolakha, Nepal
Upper Tamakoshi Hydro Project Dam site.

करिब ७ किलोमिटर सुरुङ खनेर रोल्वालिङ खोलाको पानी ल्याएर आयोजनाको जलाशयमा मिसाउने योजना छ । यसो हुँदा हिउँदको ऊर्जा उत्पादन बढेर विद्युत संकट कम गर्न सहयोग पुग्नेछ । रोल्वालिङको पानीले सुख्खायामको उच्च माग हुँदा दैनिक ५ घन्टासम्म पूर्ण क्षमतामा सञ्चालन हुने आयोजनाले जनाएको छ ।

भूकम्पले पु¥याएको क्षति

२०७२ वैशाख १२ गते गएको भूकम्प र त्यसपछिका पराकम्पले जलविद्युत क्षेत्रमा ठुलो क्षति पु¥याएको थियो । सञ्चालनमा रहेका विद्युत केन्द्रदेखि निर्माणाधीन सबै आयोजना भूकम्पबाट प्रभावित भएका थिए । तामाकोसीमा पनि भूकम्पले क्षति पु¥याएको थियो । भूकम्पले बाँधस्थल १९ सेन्टिमिटर भासिएको थियो ।

बालुवा थिग्र्याउने (डिसेन्डर) पोखरीमा ढुंगा खसेर केही स्थानमा चर्किएको थियो । अन्य संरचना भूमिगत निर्माण भएकाले आयोजनामा थप क्षति पुग्न सकेन । भूकम्पले पहुँचमार्ग भत्किँदा गोंगर र हेडवक्र्स रहेको लामाबगरको सम्पर्क टुटेको थियो । यही कारण २० महिनासम्म हेडवक्र्सको काम सुरु हुन सकेको थिएन । आयोजनाको पहुँचमार्गमा पहिरो गएपछि ३ सय ४० मिटर सुरुङमार्ग निर्माण गरेर बाँधस्थल जाने बाटो खुलाइएको थियो ।

आयोजनाको प्रगति

अहिलेसम्म आयोजनाको ८३ प्रतिशत निर्माण पूरा भएको छ । हेडवक्र्स, डाइभर्सन बाँधको दायाँबायाँ इन्टेक र बालुवा थिग्र्याउने पोखरीको निर्माण अन्तिम चरणमा पुगेको छ । विद्युत उत्पादनपछि पानी पुनः नदीमा पु¥याउन आवश्यक ३ किलोमिटर लामो टेलरेस टनेल निर्माण भइसकेको छ ।

३ सय ७३ मिटर गहिरो र ४.४ मिटर गोलाकार भएको तल्लो पेनस्टक साफ्टको निर्माण पनि सकिएको छ । अहिले गाेंगरस्थित आयोजनाको विद्युतगृहको कामा तीव्ररूपमा भइरहेको छ । भूकम्पपछि अन्य संरचनाको काम सुरु हुने नसके पनि ६ महिनाभित्र ठेकेदारले काम सुरु गरेको थियो ।

upper-tamakoshi-access-tunnelआयोजनाका अनुसार विद्युतगृहमा ९० प्रतिशत काम पूरा भएको छ । बाँकी काम सकिएपछि इलेक्ट्रो मेकानिकल उपकरण जडान हुने आयोजनाको प्रवद्र्धक अप्पर तामाकोसी हाइड्रो पावर लिमिटेडले जानकारी दिएको छ । लामाबगरसम्म प्रवेशमार्ग खुलेकाले मुख्य सुरुङको भैंैसे अडिटबाट तल्लो खण्डको काम सुरु भएको छ ।

७.८ मुख्यसहित करिब १७ किलोमिटर सुरुङमध्ये अहिलेसम्म सोढे १४ किलोमिटरको निर्माण पूरा भएको छ । बाँकी ३ किलोमिटरमध्ये १.५ किलोमिटर खन्न बढी समय लाग्ने देखिएको छ । हाइड्रो मेकानिकल तथा इलेक्ट्रो मेकानिकल उपकरण आयोजनास्थल पु¥याउन निकै चुनौती रहेको आयोजनाका अधिकारी बताउँछन् ।सिन्धुपाल्चोक खाँडीचौरस्थित सुनकोसीको पुल जिर्ण हुँदा नदीमा डाइभर्सन निर्माण गरी हेबी इक्विपमेन्ट लैजानुपर्ने अवस्था छ । डाइभर्सन निर्माणको काम ठेकेदारले सुरु गरिसकेको छ ।

प्रसारण लाइन समस्या

तामाकोसीबाट उत्पादित विद्युत गोंगरदेखि खिम्ती सबस्टेसन हुँदै २२० केभी खिम्ती–ढल्केबर प्रसारण लाइनमार्फत राष्ट्रिय प्रसारणमा जोडिनेछ । गोंगरदेखि खिम्ती सबस्टेसनसम्म ४७ किलोमिटर लाइन तामाकोसी कम्पनीले नै निर्माण गरिरहेको छ । १ सय २७ वटा टावर निर्माण गर्नुपर्नेमा हालसम्म सय टावरको काम पूरा भएको छ ।

आकर्षक आयोजना

लामाबगरमा हजारौं वर्षअघि बनेको प्राकृतिक बाँध आयोजनाको सबैभन्दा आकर्षक पक्ष हो । आयोजनाको ग्रस हेड ८ सय मिटर अग्लो छ, जुन अन्यभन्दा उच्च मानिन्छ । उच्च हेड भएकै कारण आयोजना अन्य आयोजनाभन्दा सस्तो छ । सुरुमा प्रतिमेगावाट ८ करोड रुपैयाँमा सम्पन्न गर्ने गर्ने थियो । तर, अहिले लागत प्रतिमेगावाट १० करोड रुपैयाँसम्म पुग्ने अनुमान छ । प्राकृतिक बाँध भएकाले छोटो सुरुङ हुँदा पनि पानी खसाल्ने वाटर हेड र दैनिक पिकिङ गर्न सम्भव देखिएको हो ।

कम्पनीको पुँजी संरचना तथा वित्तीय व्यवस्थापन

आयोजनामा ३० प्रतिशत स्वपुँजी र ७० प्रतिशत ऋण लगानी छ । स्वपुँजीमा नेपाल विद्युत प्राधिकरण ४१ प्रतिशत , नेपाल टेलिकम ६ प्रतिशत, नागरिक लगानी कोष र राष्ट्रिय बीमा संस्थानको २÷२ प्रतिशत स्वामित्व छ । यस्तै, कर्मचारी सञ्चय कोषका सञ्चयकर्ता कर्मचारीको १७.२८ प्रतिशत , तामाकोसीको कम्पनी र प्राधिकरण कर्मचारीको ३.८४ प्रतिशत, ऋण दिने संस्थाका कर्मचारीको २.८८ प्रतिशत लगानी छ । दोलखाका स्थानीयबासीका लागि १० प्रतिशत र सर्वसाधारणलाई १५ प्रतिशत प्रतिशत सेयर छट्ट्याइएको छ ।

स्थानीय विकासमा तामाकोसी

आयोजनाको निर्माणसँगै दोलखाको उत्तरी क्षेत्रका बासिन्दाको जीवनस्तरमा परिवर्तन आएको छ । चरिकोटदेखि लामाबगरसम्म सडकको पहुँच विस्तार तथा पक्की पुल निर्माण भएको छ । पहुँचमार्गबाट केही गाविसमा सहायकमार्ग पनि समेत निर्माण भएका छन् । सडकको विकासले स्थानीयमा सामाजिक र आर्थिकस्तर माथि उठेको देखिन्छ ।

आयोजनाले वातावरणयीय व्यवस्थापन र प्रभाव न्यूनिकरण कार्यक्रममा करोडौं रुपैयाँ लगानी गरेको छ । शिक्षा, स्वास्थ्य, खानेपानी, विद्युतीकरणलगायत भौतिक संरचना निर्माण तथा आयमूलक कार्यक्रम सञ्चालन भएका छन । स्थानीयले पनि आयोजनामा प्रत्यक्ष रोगजारी पाएका छन् । यसबाट स्थानीयको जीवनयापन सहज भएको पाइन्छ ।

अन्तमा

मुलुकबासीसँग विगत एक दशकदेखि चर्को विद्युत कटौतीको मार खेप्नु परेको तीतो अनुभव छ । तर, पछिल्ला ३ महिना देशले अँध्यारो सामना गर्नुपरेको छैन । भारतबाट आयातित विद्युत र आन्तरिक व्यवस्थापनले उज्यालो नेपाल सम्भव भएको छ । तामाकोसी निर्माणपछि भारतको बिजुलीमा भर पर्नुपर्ने बाध्यता अन्त्य हुनेछ ।

बर्खाको समयमा पूर्ण क्षमतामा सञ्चालन भए पनि सुख्खायामको लोड व्यवस्थापनमा भूमिका नहुने विश्लेषण हुने गरेको छ । माग बढी हुँदा दैनिक करिब ५ घन्टासम्म पूर्ण क्षमतामा सञ्चालन गर्न सकिन्छ । यसले सुख्खायामको विद्युत माग व्यवस्थापन गर्न ठूलो भूमिका खेल्ने देखिन्छ ।

आयोजनाको निर्माण अन्तिम चरणमा पुगेको छ । स्वदेशी लगानी र व्यवस्थापनले पनि ठूला आयोजना निर्माण सम्भव छ भन्ने उदाहरण तामाकोसीले दिएको छ । यो आयोजना निर्माण, व्यवस्थापन र अन्य ज्ञानका आधारमा देशले अन्य ठूला आयोजना निर्माण गर्न सक्ने बलियो आधार बनेको छ । यही अनुभवलाई जलाशय आयोजना निर्माणमा पनि खर्चिनुपर्ने समय आएको छ ।

प्रतिक्रिया दिनुहोस

loading...
sidebar1
sidebar2
sidebar3
sidebar4
sidebar5
sidebar6
sidebar7