advertisement before-navabar

विद्युत आपूर्ति

  • प्राधिकरण : ३२४ मेगावाट
  • निजी क्षेत्र : १६५ मेगावाट
  • भारत : ४५६ मेगावाट
  • लोडसेडिङ : २६० मेगावाट (उद्याेग)
  • माग : १२०५ मेगावाट
  • स्रोत : ने.वि.प्रा.

लाइन्स क्लब नेपालले चङ्गा चेट फेस्टीभल २०७४ आयोजना गर्ने

   असोज २३, २०७४        357        ऊर्जा खबर/काठमाडौं

लाइन्स क्लब नेपालले काठमाडौंको जहरसिंहपौवामा चङ्गा चेट प्रि–फेस्टीभल कार्यक्रम २०७४ आयोजना गर्ने भएको छ । अन्तराष्ट्रिय लाइन्स क्लब स्थापना भएको सय वर्ष पूरा भएको अवसरमा आन्तरिक पर्यटन प्रवर्दन गर्ने उदेश्यले आगामी असोज २८ गते फेस्टीभल आयोजना गर्न लागिएको हो । क्लबले सोमबार राजधानीमा पत्रकार सम्मेलन गरेर कार्यक्रमबारे जानकारी गराएको छ ।

फेस्टीभलमा चङ्गा चेट प्रतियोगिता, साइकल यात्रा, सामुहिक बाँसुरी बादन, लाखे नाच, भक्कु नाच, फेस पेन्टिङ, खेलकुद प्रतियोगितालगायत मनोरन्जनात्मक कार्यक्रमको आयोजना गरिनेछ । कार्यक्रममा सहभागी हुनेहरुका लागि १ हजार रुपैयाँ शुल्कको टिकट राखिएको छ ।

चङ्गा चेट प्रतियोगितामा ४ सय जना प्रतिश्पर्धीले सहयागिता जनाउने व्यवस्था आयोजकले मिलाएको छ । सोही दिन बिहान २ सय बढी युवा युवती साइकल चढेर जहरसिंहपौवा पुग्नेछन् ।
फेस्टीभलमा सहभागी हुनेहरुका लागि राजधानीका विभिन्न ८ स्थानबाट सवारीसाधनको व्यवस्था आयोजकले गरेको छ ।

फेस्टीभलबाट २० लाख रुपैयाँ संकलन गर्ने लक्ष्य राखिएको पत्रकार सम्मेलनमा जानकारी दिइयो । संकलन भएको रकमबाट फेस्टीभल आयोजना गर्न लागेको खर्च कटाएर बचत भएको रकम स्वस्थ्य समाज नेपालको नाममा अक्षय कोष खडा गरी बौद्धिक तथा शारिरीक अपांगता भएका बालबालिकाको पालन पोषणमा खर्च गरिने आयोजकले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस

loading...
sidebar2
sidebar3
sidebar4
sidebar5
sidebar6
sidebar7