advertisement before-navabar

विद्युत आपूर्ति

  • प्राधिकरण : ३३८ मेगावाट
  • निजी क्षेत्र : २५३ मेगावाट
  • भारत : ३५६ मेगावाट
  • लोडसेडिङ : ३०० मेगावाट (उद्याेग)
  • माग : १२४७ मेगावाट
  • स्रोत : ने.वि.प्रा.

पुनर्निर्माण प्राधिकरणको सिइओमा युवराज भुसाल

   कार्तिक ०६, २०७४        920        ऊर्जा खबर/काठमाडौं

सरकारले नेपाल पुननिर्माण प्राधिकरणको प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा पूर्वअर्थ सचिव युवराज भुसाललाई नियुक्त गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले उनलाई नियुक्त गर्ने निर्णय गरेको हो ।

निवर्तमान सिइओ गोविन्दराज पोखरेलले आइतबार पदबाट राजिनामा दिएका थिए । पछिल्लो समय आफूलाई राजनीतिक पार्टीसँग जोडेर आरोप लाग्ने गरेकाले राजिनामा दिएको पोखरेलले बताए । ‘नीतिगत तहमा गर्नुपर्ने सबै काम पूरा भएका छन्, अब कार्यान्वयन गर्नेमात्र हो,’ उनले ऊर्जा खबरसँग भने, ‘पछिल्लो समय कार्यान्ययनको गति पन िबढेको छ ।’

आफूले अब बाहिरै रहेर पुननिर्माणलाई सहयोग गर्ने उनले दोहो¥याए । अर्थसचिव हुँदा नै भुसाल पुनर्निर्माणको सिइओ हुने चर्चा थियो । तर, तत्कालीन सरकारको गठबन्धनका कारण उनी छनोटमा परेका थिएनन् । भुसाल काँग्रेस नेता रामचन्द्र पौडेलका सम्धी पनि हुन् ।

प्रतिक्रिया दिनुहोस

loading...
sidebar1
sidebar2
sidebar3
sidebar4
sidebar5
sidebar6
sidebar7