advertisement before-navabar

विद्युत आपूर्ति

  • प्राधिकरण : ३३८ मेगावाट
  • निजी क्षेत्र : २५३ मेगावाट
  • भारत : ३५६ मेगावाट
  • लोडसेडिङ : ३०० मेगावाट (उद्याेग)
  • माग : १२४७ मेगावाट
  • स्रोत : ने.वि.प्रा.

भारतले ऊर्जामा ३ खर्ब डलर वैदेशिक लगानी भित्र्याउँदै

   कार्तिक १५, २०७४        653        ऊर्जा खबर / काठमाडौ

भारतले ऊर्जा क्षेत्रको विकासमा ३ खर्ब डलर वैदेशिक लगानी भित्र्याउने भएको छ । अबको एक दशकभित्र पेट्रोलियम पदार्थको आयात घटाई आन्तरिक उत्पादन बढाउन  वैदेशिक लगानी आह्वान गरिएको हो ।

प्रधानमन्त्री नरेन्द्र मोदीले लगानी गर्न इच्छुक विदेशी कम्पनीका लागि परियोजना पेश गरिने बताए । विदेशी कम्पनीबाट आउने लगानी तेल भण्डार तथा रिफाइनिङ क्षमता बढाउन, तेल र ग्याँसको अन्वेषण गर्ने परियोजनामा खर्च हुनेछ ।

भारतमा कुल मागको ८० प्रतिशत तेल तेस्रो मुलुकबाट आयात हुने गरेको छ। सन् २०२० सम्म आयातित तेलको परिमाणलाई ६७ प्रतिशतमा झार्ने मोदी सरकारको लक्ष्य छ ।

भारत पेट्रोलियम पदार्थ बढी खपत गर्ने विश्वको तेस्रो प्रमुख देश हो । तेल तथा ग्याँसको माग हरेक वर्ष तीव्र गतिमा बढिरहे पनि उत्पादन नबढेकाले अर्बौं रुपैयाँ ऊर्जा आयातमा खर्च हुँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस

loading...
sidebar1
sidebar2
sidebar3
sidebar4
sidebar5
sidebar6
sidebar7