advertisement before-navabar

विद्युत आपूर्ति

  • प्राधिकरण : ३३८ मेगावाट
  • निजी क्षेत्र : २५३ मेगावाट
  • भारत : ३५६ मेगावाट
  • लोडसेडिङ : ३०० मेगावाट (उद्याेग)
  • माग : १२४७ मेगावाट
  • स्रोत : ने.वि.प्रा.

पेट्रोल,डिजेल,मट्टीतेल र ग्यास महँगियो

   कार्तिक १५, २०७४        637        ऊर्जा खबर /काठमाडौ

नेपाल आयल निगम (एनओसीले) ले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले राती १२ बजेबाट लागु हुने गरी खाना पकाउने एलपि ग्यास, पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य एकै पटक बढाएको हो ।

पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ, डिजेलमा र मट्टीतेल १.५० रुपैयाँ तथा खाना पकाउने ग्यासमा प्रति सिलिण्डर २५ रुपैयाँ मूल्य समायोजन गरिएको निगम प्रवक्ता वीरेन्द्र गोईतले जानकारी दिए ।

नयाँ मूल्य अनुसार अब पेट्रोल प्रतिलिटर १ सय रुपैयाँ भएको छ । डिजेल र मट्टीतेलको मूल्य प्रति लिटर ७५.५० रुपैयाँमा पुगेको छ । २५ रुपैयाँ बढेको खाना पकाउने ग्यासको मूल्य १३ सय ५० रुपैयाँ बनाईएको गोईतले बताए ।

गोईतका अनुसार भारतीय आयल कर्पोरेशन (आइओसी) ले निगमले खरिद गर्ने पेट्रोलियमको मूल्य बढाएकाले स्थानीय बजारमा पनि मुल्य समायोजन गरिएको हो ।

अन्तराष्ट्रिय बजारमा कच्चा तेलको मुल्य बढेकाले  आइओसीले पनि निगमलाई बढाएर पेट्रोलियम पठाएको हो ।  अहिलेको मूल्य समायोजनले निगमलाई पाक्षिकरूपमा १ करोड ९७ लाख रुपैयाँ नाफा हुनेछ ।

 

 

 

 

 

 

प्रतिक्रिया दिनुहोस

loading...
sidebar1
sidebar2
sidebar3
sidebar4
sidebar5
sidebar6
sidebar7