advertisement before-navabar

विद्युत आपूर्ति

  • प्राधिकरण : ३३८ मेगावाट
  • निजी क्षेत्र : २५३ मेगावाट
  • भारत : ३५६ मेगावाट
  • लोडसेडिङ : ३०० मेगावाट (उद्याेग)
  • माग : १२४७ मेगावाट
  • स्रोत : ने.वि.प्रा.

निगमले पेट्रोल,डिजेल,मट्टीतेल र ग्यासमा बढाएको मूल्य फिर्ता लियो

   कार्तिक १६, २०७४        356        ऊर्जा खबर/काठमाडौं

नेपाल आयन निगम (एनओसी) ले पेट्रोलियम पदार्थमा बुधबार बढाएको मूल्य फिर्ता लिएको छ । निगम सञ्चालक समितिको बिहीबार बसेको बैठकले पेट्रोल, डिजेल,मट्टीतेल र ग्यासमा बढाएको मूल्य फिर्ता लिने निर्णय गरेको हो ।

आसन्न प्रदेश तथा प्रतिनिधीसभाको निर्वाचनलाई ध्यानमा राखी बढेको मूल्या फिर्ता लिने निर्णय भएको संचालक समितिका अध्यक्ष तथा अपूर्ति सचिव कृष्ण प्रसाद देवकोटाले बताए । देवकोटाका अनुसार अब पेट्रोल ९८, डिजेल रमट्टीतेल प्रतिलिटर ७५ तथा खाना पकाउने एलपी ग्यास १३ सय २५ रुपैयाँमा विक्री वितरण हुनेछ ।

बढेको मूल्य फिर्ता भएपछि बिहान १० बजेदेखि पुरानै मूल्यमा पेट्रोलियम पदार्थको विक्री वितरण भएको निगम प्रवक्ता वीरेन्द्र गोईतले ऊर्जा खबरलाई बताए।

निगमले बुधबार साँझ पेट्रोलमा २, डिजेल मट्टीतेलमा १.५० र ग्यासमा प्रतिसिलिण्डर २५ रुपैयाँ मूल्य बढाएको थियो ।

प्रतिक्रिया दिनुहोस

loading...
sidebar1
sidebar2
sidebar3
sidebar4
sidebar5
sidebar6
sidebar7