advertisement before-navabar

विद्युत आपूर्ति

  • प्राधिकरण : ३३८ मेगावाट
  • निजी क्षेत्र : २५३ मेगावाट
  • भारत : ३५६ मेगावाट
  • लोडसेडिङ : ३०० मेगावाट (उद्याेग)
  • माग : १२४७ मेगावाट
  • स्रोत : ने.वि.प्रा.

पेट्रोलियम पाइप लाइन विस्तारको प्रगति समीक्षा गर्न बैठक बस्दै

   कार्तिक २२, २०७४        477        ऊर्जा खबर/काठमाडौं

 

नेपाल–भारत अन्तरदेशीय पेट्रोलियम पाइपलाइन विस्तारको प्रगति समीक्षा गर्न उच्च स्तरीय बैठक बस्ने भएको छ । नेपाल आयल निगम ( एनओसी) र भारतिय आयल कर्पोरेशन (आइओसी) का उच्च अधिकारी सहभागी हुने बैठक बिहीबार (भोली) बाट राजधानीमा सुरु हुन लागेको हो ।

कात्तिक २५ गते शनिबारसम्म चल्ने बैठकमा अमलेखगन्ज–मोतीहारी पाइपलाइन परियोजना निर्माणमा अहिलेसम्म प्राप्त उपलब्धिको समीक्षा गरिने निगमका प्रवक्ता वीरेन्द्र गोइतले बताए । उनका अनुसार नेपालका तर्फबाट निगमले अहिलेसम्म सम्पन्न भएको काम र प्राप्त उपलब्धीबारे बैठकमा जानकारी गराउने छ । आइओसीले पनि भारतीय क्षेत्रमा भएको प्रगतिबारे जानकारी गराउने उनले बताए ।

बैठकले अहिलेसम्म भएका प्रगतिको समीक्षा गरेर भावी रणनीति तय गर्ने निगमले जनाएको छ । हाल ट्याङ्करमा आयात भइरहेको पेट्रोलियम पदार्थ पाइपबाट ल्याउन बाराको अमलेखगन्जदेखि भारतको मोतिहारीसम्म ८० किलोमिटर पेट्रोलियम पाइपलाइन निर्माण प्रक्रिया अघि बढाइएको छ । पाइप लाइन विस्तार गर्न भारतर्फ मोतीहारीमा पेट्रोलियम भण्डारण डिपोको निर्माण सुरु भएको छ । रुख कटानको स्वीकृतिमा ढिलाई हुँदा नेपालतर्फको काममा ढिलाई भइरहेको निगमले जनाएको छ ।

पेट्रोलियम पाइपलाइन परियोजना निर्माण सुरु भएको ३० महिनाभित्र पूरा गर्ने लक्ष्य छ । करिब ४ अर्ब ४० करोड (२ अर्ब ७५ करोड भारु) लागत अनुमान गरिएको छ । परियोजनामा भारतले ३ अर्ब २० करोड रुपैयाँ (२ अर्ब भारु) र नेपालले १ अर्ब २० करोड (७५ करोड भारु) लगानी गर्नेछ ।

पाइपलाइन तयार भएपछि प्रतिघन्टा ३ लाख लिटर पेट्रोलियम पदार्थ आयात हुनेछ । यसको सञ्चालनपछि निगमका पेट्रोलियम ढुवानीमा लाग्ने वार्षिक ७० करोड रुपैयाँ जोगिने छ ।

प्रतिक्रिया दिनुहोस

loading...
sidebar1
sidebar2
sidebar3
sidebar4
sidebar5
sidebar6
sidebar7