advertisement before-navabar

विद्युत आपूर्ति

  • प्राधिकरण : ३३८ मेगावाट
  • निजी क्षेत्र : २५३ मेगावाट
  • भारत : ३५६ मेगावाट
  • लोडसेडिङ : ३०० मेगावाट (उद्याेग)
  • माग : १२४७ मेगावाट
  • स्रोत : ने.वि.प्रा.

४ जिल्लाका अति दुर्गम १० स्थानमा एनटीस्याट प्रविधिमार्फत टेलिकमको सेवा

   कार्तिक २६, २०७४        342        ऊर्जा खबर/काठमाडौं

नेपाल टेलिकमले मध्य तथा सुदुरपश्चिमका ४ जिल्लाका अति दुर्गम १० स्थानमा एनटीस्याट प्रविधिमार्फत दूरसञ्चार सेवा सञ्चालनमा ल्याएको छ । टेलिकमले आसन्न प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनलाई ध्यानमा राखी दार्चुला, जुम्ला, कालिकोट र हुम्ला जिल्लामा सेवा सञ्चालनमा ल्याएको हो । निर्वाचनअघि हिमाली  तथा उच्च पहाडी जिल्लामा दुरसञ्चार सेवा सुचार गर्न सरकारले निर्देशन दिएको थियो ।

दार्चुलाको ब्यास, नौगढ र अपि हिमाल, जुम्लाको कङ्कासुन्दरी, कालिकोटको महावै , हुम्लाको कडाकोट, चङखेली र खार्पुनाथ गाउँपालिकामा पहिलो पटक सञ्चार सेवा पुगेको टेलिकमले जनाएको छ ।

सञ्चार सेवा सञ्चालन गर्न दार्चुलाको हुति, धुलिगढा र खण्डेश्वरी, जुम्लाको बुम्रमादीचौर, कालिकोटको पातामघाट र ओदङखु तथा हुम्लाको मैला, मेघ्पा, खार्पुनाथ र श्रीमस्तामा एनटीस्याट उपकरण जडान गरिएको छ । यी स्थानमा उपकरण जडान गर्न हेलिकोप्टरबाट आवश्यक उपकरण ढुवानी गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस

loading...
sidebar1
sidebar2
sidebar3
sidebar4
sidebar5
sidebar6
sidebar7