advertisement before-navabar

विद्युत आपूर्ति

  • प्राधिकरण : ३३८ मेगावाट
  • निजी क्षेत्र : २५३ मेगावाट
  • भारत : ३५६ मेगावाट
  • लोडसेडिङ : ३०० मेगावाट (उद्याेग)
  • माग : १२४७ मेगावाट
  • स्रोत : ने.वि.प्रा.

माछापुच्छ्रे बैंक र हेफर इन्टरनेसनलबीच सम्झौता

   कार्तिक २८, २०७४        348        ऊर्जा खबर/काठमाडौं

विपन्न वर्गमा कर्जा प्रवाह गर्ने विषयमा माछापुच्छ्रे बैंक लिमिटेड र हेफर इन्टरनेशनल नेपालबीच मंगलबार सम्झौता भएको छ ।

कर्जा प्रवाह गर्ने सम्बन्धमा साना किसान, युवा स्वरोजगार, महिला उद्यमजस्ता क्षेत्रमा लगानी गर्ने नीति अनुरूप यूकेएडद्वारा सञ्चालित सक्षम एक्सेस् टु फाइनान्स्सँग सहकार्य गरिएको छ । सोही परियोजना अन्तर्गत दाङका कृषि तथा महिला उद्यमीलाई बिनाधितो कर्जा प्रवाह गर्न बैंकले हेफरसँग सम्झौता भएको बैंकले जनाएको छ ।

सम्झौतापछि बैंकले हेफरको सहकार्यमा लमही दाङमा चार वटा विभिन्न सहकारी संस्थामार्फत कर्जा प्रदान गर्नेछ । विपन्न परिवारलाई स्वरोजगार बनाउने उद्देश्यले सञ्चालन हुने कार्यक्रमले कृषक तथा महिलाको जीवनस्तरमा सुधार ल्याउने विश्वास लिएको छ ।

बैकले पूर्व झापादेखि पश्चिममा कञ्चनपुर तथा हिमालदेखि पहाड र तराईसम्म आफ्ना ६२ वटा शाखा, ४ वटा एक्स्टेन्सन काउन्टर खोलेको छ । यस्तै, ७ शाखारहित बैकिङ सेवा गरी ७३ स्थानबाट ग्राहकमा सम्पूर्ण बंैकिङ सुविधा प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस

loading...
sidebar1
sidebar2
sidebar3
sidebar4
sidebar5
sidebar6
sidebar7